IME Life New

नयाँ सरेन्डर मूल्य मापदण्डले भारतमा ४०%ले घट्यो बीमा पोलिसी बिक्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ सरेन्डर मूल्य मापदण्डले भारतमा जीवन बीमा कम्पनीको पोलिसी बिक्री ४० प्रतिशतले घटेको छ।

बीमा नियामक आईआरडीएआईले गत अक्टोबारबाट नयाँ सरेन्डर मूल्य मापदण्ड लागू गरेको थियो। जसअनुसार कम्पनीहरुले अब आफूसँग रहेको मौजुदा सबै बीमा प्रडक्ट पेस गर्न पाउने छैनन्।

Esewa
Crest

यी कारणले भारतका जीवन बीमा कम्पनीहरुको पोलिसी बिक्री ४० प्रतिशतले घटेको जानकारहरु बताउँछन्। नयाँ मापदण्डले जीवन बीमकको व्यापारमा ठूलो असर परेको उनीहरुको भनाइ छ।

कम्पनीका वितरकहरुले सेप्टेम्बरमा अन्धाधुन्ध तरिकाले पोलिसीहरु बिक्री गरेका थिए। यसको मुख्य कारण त्यतिबेला नयाँ सरेन्डर मूल्यको मापदण्डको कमिसनको ढाँचामा पर्ने असरबारे स्पष्ट थिएन। अक्टोबरमा पनि नयाँ मापदण्डले कम्पनीको पोलिसी बिक्रीमा ठूलो असर गर्यो र वितरकबाट नयाँ पोलिसी बिक्री सुस्त भयो।

केयर एज रेटिंग्सको बीएफएसआई रिसर्चका प्रमुख शौरभ भालेरावले पोलिसी बिक्रीमा उच्च गिरावट आउनुको मुख्य कारण नै अक्टोबरबाट लागू भएको नयाँ मापदण्ड रहेको बताए। ‘यसका अलावाल अब कम्पनीहरुले समयमा आफ्नो सबै प्रडक्ट पेस गर्न पाउने छैनन्, यसको असर पनि व्यापक परेको छ’, उनले भने, ‘यद्यपि बीमा कम्पनीहरुले अक्टोरमा उच्च मूल्यका पोलिसीहरु बिक्रीमा बढी ध्यान दिएको देखिएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS