IME Life New

नयाँ ब्राण्डिंगसँगै आक्रामक बजारीकरण गर्दै सूर्या लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । सूर्या लाईफ इन्स्योरेन्सले स्थापनाको करिब १३ वर्षपछि ब्राण्ड लोगो र ब्राण्ड मन्त्रलाई परिवर्तन गरेको छ । कम्पनीले तपाईको भविष्य हाम्रो जिम्मेवारी भन्ने मन्त्रलाई परिवर्तन गर्दै सर्वे भवन्तु सुखिनः भन्ने संस्कृत वाक्यको प्रयोग गरेको छ । यो मन्त्रमा सबै सुखी होऊन् । सबै निरोगी होऊन् । सबैको भलो होओस् । दुःखी कोही नहून् भन्ने अर्थ समेटिएको छ।

कम्पनीको संचालक समितिमा जीवन बीमा क्षेत्रका अनुभवी विवेक झा र उच्च व्यवस्थापन तहमा नयाँ नेतृत्वको प्रवेशसँगै कम्पनीलाई नयाँ रणनीतिको साथ अघि बढाउने योजना अनुसार कम्पनीको पहिचान संकेत(ब्राण्डिङ)लाई पुनःपरिभाषित गरेको हो ।

Esewa
Crest

नयाँ ब्राण्ड संकेतको देब्रे भागमा रातो पृष्ठभूमीमा सुनौलो रंगको चम्किलो सूर्यको फेदमा सर्वे भवन्तु सुखिनः नारा उल्लेख गरिएको छ भने दाहिने भागमा कालो पृष्ठभूमीमा सुनौलो रंगले सूर्या लाईफ इन्स्योरेन्स लेखिएको छ।

करिब एक दशकभन्दा लामो समयसम्म नेपाल लाईफ इन्स्योरेन्सको नेतृत्व गरेका विवेक झाले त्यहाँ पनि रि–ब्राण्डिङबाटै कम्पनीलाई आक्रामकरुपमा व्यापार बिस्तारको दिशामा लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS