IME Life New

नयाँ नोट साट्न सर्वसधारणलाई अझै सास्ती, बैंकमा कर्मचारीलाई भने मस्ती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दशैं नयाँ नोटका लागि तनाव झेल्ने सर्वसधारणले यस वर्ष पुरानै सास्ती भोग्न बाध्य भएका छन् । नेपाल राष्ट्र बैंकले निजि बैंकहरुलाई समेत नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाउँदा केही खुकुलो महसुस गरिए पनि शुक्रबार बालुवाटारस्थित नेपाल राष्ट्र बैंकबाट नोट लिन नपाएर सयौं मानिस घर फर्कन बाध्य भए ।नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथलीमा नयाँ भवन बन्दै गरेकाले नयाँ नोट बालुवाटारस्थित केन्द्रीय कार्यालयबाट मात्रै वितरण गर्ने व्यवस्था मिलाइएको छ । पहिलो दिन शुक्रबार राष्ट्र बैंकले १२ः३० बजे नै काउन्टर बन्द गर्दा धेरै सेवाग्राहीले मर्का भोग्नु परेको पीडितहरुले गुनासो गरेका छन् । राष्ट्र बैंकमा ३ बजेसम्म पनि नोटका लागि मानिसहरु पुगेपनि रित्तै फर्कन बाध्य भएका थिए ।

राष्ट्र बैंकले बाणिज्य बैंक, नेपाल बैंक लि. र कृषि विकास बैंकका विभिन्न २४ वटा शाखामार्फत नयाँ नोट वितरण गरेको भएपनि राष्ट्र बैंकमै नोट लिन जानेहरु सयौं थिए । नेपाल राष्ट्र बैंकले आइतबारदेखि भने अपरान्ह ४ बजेसम्म नै नोट वितरण गर्ने जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक तथा प्रबक्ता लक्ष्मीप्रपन्न निरौलाले नयाँ नोट साट्ने सुविधा असोज १७ गतेसम्म उपलब्ध हुने बताए ।निरौलाका अनुसार उपत्यकाभित्र विभिन्न बैंकमार्फत ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । उपत्यका बाहिर भने राष्ट्र बैंकका कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराइएको जनाएको छ ।

Esewa
Crest

उता, राष्ट्र बैंकका कर्मचारीहरुले भने पोका पोका नोट आफन्तहरुलाई बोलाउँदै दिने गरेका छन् । राष्ट्र बैंकमा काम गर्ने जोसुकैले शुक्रबार अपरान्ह ३ बजेसम्म नै नोट वितरण गरिरहेका थिए । त्यस्तै राष्ट्र बैंकले विभिन्न सहकारीहरुलाई समेत नोट वितरण गरेको छ । कतिपयले बोरामा राखेर तथा कतिपयले नोट प्याक भएर आएकै प्लाष्टिकका क्रेट नै मोटरसाईकलमा हालेर लैजान अनुमति दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS