IME Life New

नयाँ जीवन बीमा कम्पनी आएपनि पुरानाको ग्रोथ कायमै, खुद बीमा शुल्क आर्जन ४२ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नयाँ जीवन बीमा कम्पनीको आगमन संगै पुराना जीवन बीमा कम्पनीको व्यवसाय वृद्धि  कम हुनेमा धेरैले अनुमान लगाएका थिए, तर नयाँ जीवन बीमा कम्पनीको आगमन भएको १ वर्ष भन्दा धेरै समय अवधि हुँदा पनि पुराना  जीवन बीमा कम्पनीको ग्रोथ रोकिएको छैन।

Esewa
Crest

चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म पुराना ८ जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ५२ करोड खुद बीमा शुल्क आर्जन गरेका छन् भने आर्थिक वर्ष ७४/७५ को तेश्रो त्रैमास सम्म ८ जीवन बीमा कम्पनीले २९ अर्ब २३ करोड खुद बीमा शुल्क आर्जन गरेका थिए। खुद बीमा शुल्क आर्जन रकम करिव ४२ प्रतिशतले वृद्धि भएको छ।

पुराना ८ जीवन बीमा कम्पनी मध्य सबै भन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स पर्दछ।नेपाल लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १५ अर्ब १९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ८ अर्ब ७९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

बीमा शुल्क आर्जनमा रास्ट्रीय बीमा सस्थांनको सर्वाधिक वृद्धि देखिएको छ। रास्ट्रिय बीमा सस्थानको खुद बीमा शुल्क आर्जन १४१ प्रतिशतले वृद्धि भएको छ। रास्ट्रिय बीमा सस्थांनले ५ अर्ब ६३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ, गत आर्थिक वर्षको तेश्रो त्रैमास सम्म २ अर्ब ३३ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

नेपाल स्टक एक्सेञ्जमा कारोवार हुने जीवन बीमा कम्पनी मध्य सबै भन्दा राम्रो ग्रोथ सूर्या लाईफ इन्स्योरेन्सको रहेको छ । सूर्या लाईफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन रकम ४४ प्रतिशतले वृद्धि भएको छ । सूर्या लाईफले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १ अर्ब ४९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने गत आर्थिक वर्षको तेश्रो त्रैमासमा १ अर्ब ४ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो।

सबै भन्दा धेरै बीमा शुल्क आर्जन गर्ने बीमा कम्पनी नेपाल लाईफ इस्योरेन्सको खुद बीमा शुल्क आर्जन रकम ४२ प्रतिशतले वृद्धि भएको छ।

इन्स्योरेन्स क्षेत्रका जानकारका अनुसार नयाँ जीवन बीमा कम्पनीको आगमनले अझै पुराना बीमा कम्पनीलाई आक्रमक बनाउने छ र जीवन बीमा व्यासाय दिन प्रति दिन प्रविधिमय हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS