IME Life New

नयाँ जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानीको अवस्था भयाबह

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्


काठमाडौं । बीमा बजारलाई फराकिलाे बनाउने उद्देश्यले बीमा समितिले केही वर्षषअघि १० वटा नयाँ जीवन बीमा कम्पनीलाइ अनुमति प्रदान गरेकाे थियाे । उद्देश्य अनुरूप बीमाकाे पहुँँच बृद्धि भएपनि दावी भुक्तानीकाे अवस्था भने भयावह रहेकाे उनीहरूकाे वित्तीय अवस्थाले देखाएकाे छ ।

आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा शाखा विस्तार, नयाँ नयाँ सुविधा सहितका जीवन बीमा योजनाहरु, सेवामा गुणस्तरियता लगायत जीबन बीमा सम्बन्धी जनचेतना जगाउने कार्यलाइ तीव्रताका साथ अगाडि बढाउँदै सबै कम्पनीहरुले आफुलाइ अग्र पंतिमा उभ्याउन प्रयासरत रहेको पाइन्छ ।

Crest

जीवन बीमा व्यवसायमा प्रथम बीमा शुल्क संकलनले व्यापार वृद्धिको आकार या अवस्था देखाउँछ । तर कम्पनीले विक्रि गरेको बीमा गुणस्तरीय छ कि छैन अर्थात त्यो कम्पनीको अण्डरराईटिङ अवस्था कस्तो छ भनेर सोही अवधिको मृत्यु दाबी भुक्तानी रकमले संकेत गर्दछ।

कुल दाबी भुक्तानिमा अवधि दाबी भुक्तानी , वार्षिक धन फिर्ता भुक्तानी, मृत्यु दाबी भुक्तानी र आंशिक अशक्तता भुक्तानी रकम पर्दछ । नँया १० वटा कम्पनी मध्ये ९ वटा कम्पनीको कारोबार सुरु गरेको २ बर्ष पुग्न थालेको छ भने १ वटाको १ वर्ष पनि पुगेको छैन । तसर्थ यी १० वटा कम्पनीहरुको अवधि दाबी भुक्तानीको समय भएको छैन भने वार्षिक धनफिर्ता भुक्तानी कारोबार १ वर्ष व्यतित भएकोले यूनियन लाईफ इन्स्योरेन्सको मात्र देखिन्छ ।

तथ्याङकमा उल्लेखित दाबी भुक्तानी यूनियन लाईफ बाहेक अन्य नौ वटा कम्पनीको हकमा सबै नै मृत्यु दाबी भुक्तानी रकम नै हो। संचालन अवधिको छोटो समयको ३ महिनामा बढी भन्दा बढी मृत्यु दाबी भुक्तानी हुनु भनेको कम्पनीको अण्डरराईटिङ नीति फितलो रहेको तथा अभिकर्ताबाट जथाभावि व्यवसाय संकलन भएको मानिन्छ अर्को तर्फ बढी मृत्यु दाबी भुक्तानीले कम्पनीको जीवन बीमा कोषमा असर पारी समग्रमा वित्तीय अवस्थालाई कमजोर बनाउँछ।दाबी भुक्तानीमा सबैभन्दा बढि भुक्तानी गर्ने यूनियन लाईफको ३६।१८% रहेको छ।

नयाँ जीवन बीमा कम्पनीहरुको बीमा शुल्क र जीवन बीमा कोष अनुपातका आधारमा को अब्बल ? (तथ्याङ्कसहित)

यूनियन लाईफको वार्षिक धन फिर्ता भुक्तानी बीमा योजना रहेको छ। यसमा पनि २०७६आश्विनमा १ वर्ष पुगे पछि मात्र तिर्नु पर्ने अवस्थाले पहिलेको १ वर्ष भन्दा पनि कम अवधिको धन फिर्ताको तिरेको रकम कुल दाबी भुक्तानीमा ४० प्रतिशत रकम मात्र हुन सक्ने मानेर घटाउँदा मृत्यू दाबीको अंश २१ प्रतिशत भन्दा बढी हुन आउँछ र त्रैमासिक अवधिमा कुल बीमाशुल्क संकलनमा मृत्यु दाबीको अंश सबै भन्दा बढी यूनियन लाईफको हुन आउँछ।

त्यसैगरी दोस्रोमा रिलायवल लाईफको भुक्तानी रकम २०।४२% ले डरलाग्दो अवस्था देखाउँछ । तेस्रो बढि मृत्यु दाबी भुक्तानी गर्नेमा सिटिजन लाईफको ४।०७ % , चौथोमा रिलायन्स लाईफको १।९१% , पाँचौमा सन नेपाल लाईफको १।३८% र छैठौँमा प्रभु लाईफको १।०३ % छ । बाँकीको सामान्य छ भने महालक्ष्मी लाईफको मृत्यु दाबी भुक्तानी ०% प्रतिशत छ। मृत्यु दाबी रकमको आधारमा विश्लेशण गर्दा व्यवसायको गुणस्तर महालक्ष्मी लाईफको सबैभन्दा राम्रो देखिन्छ । मृत्यू दाबी बढी भुक्तानी गरेकोले आक्रामक व्यवसाय गरेता पनि यूनियन लाईफको जीवन बीमाकोष ६४ प्रतिशत र रिलायवल लाईफको न्यूनतम ३२ प्रतिशत हुन गएको हो ।

महालक्ष्मी लाईफ संचालन भएको एक वर्ष पनि नभएकोले दाबी नपरेको हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS