IME Life New

इन्स्टाग्राममा आयो गज्जबको फिचर, साथीहरुसँग रिल हेर्ने तरिका हुनेछ परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्टाग्रामले एउटा नयाँ फिचर सुरु गरेको छ। यस प्लेटफर्ममा ब्लेन्ड सुविधा थपिएको छ। जुन यसको नामअनुसार काम गर्दछ।
यो फिचरको मद्दतले प्रयोगकर्ताले आफ्ना साथीहरुसँग पर्सनलाइज रिल फिड तयार गर्न सक्छन्। यो फिचर विश्वव्यापी रुपमा रोल आउट गरिएको छ।

इन्स्टाग्राम ब्लेन्डले प्रयोगकर्तालाई एकअर्कासँग एउटा प्राइभेट स्पेसमा कन्टेन्ट पठाउन र डिस्कभर गर्न अनुमति दिन्छ। यो उट इन्भाइट बेस्ड प्रोग्राम हो। जसमा प्रयोगकर्ताले इन्भाइट पठाइएको व्यक्तिमात्र सहभागी हुन सक्नेछन्।

Esewa
Crest

यो फिचर जारी गर्दै इन्स्टाग्राम प्रमुख एडम मोसेरीले भने, ‘हामी ब्लेन्ड प्रस्तुत गर्दैछौँ, जुन डीएममा आफ्ना साथीहरुसँग जोडिने नयाँ तरिका हो। ब्लेन्ड प्रयोगकर्ता र उनीहरुका रिकमेन्डेसनका आधारमा रिलहरुको कमन फिड हुनेछ।’

मोसेरीले थप व्याख्या गर्दै भने, ‘साथी वा साथीहरुको समूहसँग ब्लेन्ड सुरु गर्न प्रयोगकर्ताले उनीहरुको डीएममा गएर ब्लेन्ड आइकनमा क्लिक गर्नुपर्छ। समूहका सबैले यस मिश्रणमा भाग लिनुपर्नेछ। यसरी प्रयोगकर्ताले ब्लेन्ड फिचर प्रयोग गर्न सक्छन्।’

सरल शब्दमा भन्नुपर्दा इन्स्टाग्रामको यो फिचरको मद्दतले प्रयोगकर्ताले आफ्ना साथीसँग एउटा प्राइभेट स्पेस क्रिएट गर्न सक्नेछन्। जहाँ प्रयोगकर्ताका र प्रयोगकर्ताको मनपर्ने रिलहरु देखिनेछन्। यो फिड दैनिक अपडेट हुनेछ। त्यसैले प्रयोगकर्ताले सधैँ नवीनतम सामग्री पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS