SKIP THIS

IK Anniversary
IME Life

नयाँ जीवन बीमा कम्पनीहरुको बीमा शुल्क र जीवन बीमा कोष अनुपातका आधारमा को अब्बल ? (तथ्याङ्कसहित)

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कोष जीवन बीमा कम्पनीहरुका लागि मुनाफा भन्दा पनि महत्वपूर्ण हुन्छ । जति बलियो जीवन बीमा कोष छ, उति नै बढि प्रतिफिल दिने र जोखिम बहन गर्ने क्षमता राख्दछ । नयाँ १० वटा जीवन बीमा कम्पनीहरुको तुलनात्मक अध्ययन गर्दा महालक्ष्मी लाईफ सबैभन्दा बलियो देखियो भने पुराना कम्पनीलाई चुनौति दिएको युनियन लाईफ दोस्रो स्थानमा परेको छ । प्राप्त कुल बीमा शुल्कको अनुपातमा जीवन बीमा कोषको आकारलाई अध्ययन गर्दा यस्तो देखिएको हो ।

Prabhu
Crest

जीवन बीमा गर्दा बीमकले समेत राम्रोसँग अध्ययन गर्नुपर्ने कुरा हो जीवन बीमा कोष । जीवन बीमा कोषकै करण बोनस दिन सक्ने क्षमता बलियो हुने तथा जोखिम बहन क्षमता बढि हुने हुँदा कोषको महत्व धेरै नै हुन्छ ।

समान्यतः प्रत्येक त्रैमासिक, अर्धवार्षिक वा वार्षिक हिसाव गणना गर्दा प्राप्त कुल बीमा शुल्कमा सो अवधिको आम्दानीको ९० प्रतिशत जोडेर कुल आयमा पोलिसी सम्बन्धि सम्पुर्ण खर्च जस्तै कमिशन, इन्सेन्टिभ, पूनर्वीमा र सम्बन्धित अन्य खर्च, मृत्यु दाबी भुक्तानी, अवधि भुक्तानी र व्यवस्थापन खर्चको ९० प्रतिशत खर्च घटाएर आउने बाँकी खुद रकम जीवन बीमा कोषमा सारिन्छ । आम्दानीको १० प्रतिशत र व्यवस्थापन खर्चको १० प्रतिशत नाफा नोक्सान हिसाबमा सारिन्छ ।

जीबन बीमा कोषको निर्माणमा आम्दानी, खर्च र मृत्यु दाबी भुक्तानीको भूमिका बढी हुन्छ । जस्को खर्च अत्याधिक छ वा जसको मृत्यु दावी भुक्तानी बढी छ त्यो कम्पनीको जीवन बीमा कोष कमजोर रहन्छ र त्यस्तो बीमा कम्पनीको वित्तीय अवस्था राम्रो मानिदैन ।

नयाँ जीवन बीमा कम्पनीमा ज्योती लाईफ र सिटिजन लाईफले कुल प्रिमियम आय उल्लेख नगरेकोले विश्लेषण गर्न सकिएन । बाँकी ८ वटा कम्पनीमा सबैभन्दा तल पुगेको छ, रिलायबल नेपाल लाईफ र सानिमा लाईफ । रिलायबल नेपाल लाईफको ३२ प्रतिशत बीमा शुल्क र बीमा कोष अनुपात छ भने सानिमा लाईफको यस्तो कोष अनुपात ४५ प्रतिशत छ ।

त्यस्तै आईएमई लाईफ ४८, रिलायन्स लाईफको बीमा शुल्क बीमा कोष अनुपात ५६ प्रतिशत रहेको छ । सन नेपाल लाईफको त्यस्तो अनुपात ५७ प्रतिशत छ भने आईएमई लाईफको ५९ प्रतिशत रहेको छ । नयाँ कम्पनी भएर पनि आक्रामक व्यापार गर्ने युनियन लाईफको झण्डै ६५ प्रतिशत रहेको छ भने महालक्ष्मी लाईफको ८७ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS