IME Life New

मोटर बीमा धोकाधडीमा एआईबाट बनेका तस्बिरको प्रयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोटर बीमा धोकाधडीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट बनेका तस्बिरहरु प्रयोग हुन थालेको खुलासा भएको छ। विश्वभर यस्तो प्रवृत्ति बढ्दै गएको पाइएको हो।

इन्स्योरेन्स बिजनेसमा प्रकाशित समाचारमा विश्वमा अचेल एआईबाट बनेका फर्जी क्षतिग्रस्त गाडीका तस्बिर पेस गरेर कम्पनीहरुमा मोटर बीमा दाबी गर्नेको पाइएको छ। ‘अहिले तस्बिर बनाउने विभिन्न उपकरण उपलब्ध छन्, तिनका माध्यमबाट वास्तविकजस्तै देखिने तस्बिर निकाल्न सकिन्छ’, इन्स्योरेन्स बिजनेसको समाचारमा उल्लेख छ, ‘यस बीमा दाबी प्रक्रियामा ठूलो प्रभाव पारिरहेको छ।’

Esewa
Crest

विशेषगरी जेनेरेटिभ एडभर्सियल नेटवर्कस (जीएएन)बाट विशेषगरी त्यस्ता तस्बिर बढी बनाउने गरेको पाइएको छ। केही विज्ञले हाल उपलब्ध एआई उपकरणहरुबाट बनाइने तस्बिर वास्तविकताजस्तै देखिने हुँदा समस्या बढ्न थालेको प्रक्रिया दिएका छन्।

फिलिटचेकका प्राविधिक प्रमुख निल एभेन्टले एआई बनेका तस्बिरको वास्तविक पहिल्याउन कम्पनीहरुलाई समस्या भइरहेको बताए। ‘यदि कुनै व्यक्तिले बीमा दाबी गर्न गाडीको क्षतिग्रस्त तस्बिर पेस गर्दा एआईको प्रयोग गरेको छ भने त्यो अघिल्ला वर्षको तुलनामा झनै वास्तविकताजस्तै देखिन्छ’, उनले भने, ‘धेरैजसो व्यक्तिले बीमाको ठूलो धनराशि पाउन त्यसता तस्बिरको प्रयोग गरिरहेको पाइएको छ।’

सन् २०२३ मा जुरिचको प्रतिवेदनमा पनि फर्जी बीमा दाबीमा डिजिटल प्रविधिको उच्च प्रयोग भइरहेको उल्लेख थियो। ‘प्रयोगमा नरहेको दर्ता नम्बर गाडीमा राख्ने अनि डिजिटल्ली मोडिफाइड गर्ने प्रवृत्ति पनि बढिरहेको छ’, प्रतिवेदनमा भनिएको थियो।

जुरिचमा फर्जी बीमा दाबीको अध्ययन गर्ने स्कट क्लेटनले अब कम्पनीहरुलाई एआईको प्रयोग गरेर पेस गरिने फर्जी दाबी नियन्त्रण गर्न उच्चस्तरको प्रविधिको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS