IME Life New

नयाँ जीवन बीमा कम्पनीमध्ये यूनियन अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल नेपाली बीमा बजारमा १० वटा नयाँ जीवन बीमा कम्पनीहरु संचालनमा रहेका छन् । आर्थिक बर्ष २०७५।७६ को चौथौ त्रैमास अवधिसम्मा सम्मममा १० वटै जीवन बीमा कम्पनीहरुले १० अर्ब ३८ करोड ३८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

हाल नेपाली बीमा बजारमा संचालनमा रहेका १० वटा नयाँ जीवन बीमा कम्पनीहरुले  आर्थिक बर्ष २०७५।७६ को चौथौ त्रैमासको वित्तीय विवरण सार्बजनिक गरिसकेका छन् ।

Esewa
Crest

आर्थिक बर्ष २०७५।७६ को चौथौ त्रैमासको अन्त्यसम्मा १० जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै युनियन लाईफ इन्स्योरेन्स कम्पनीले बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले असारमसान्तसम्ममा ३ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

आर्थिक बर्ष २०७५।७६ को चौथौ त्रैमासको अन्त्यसम्मा बीमा शुल्क आर्जन गर्ने दोस्रो स्थानमा भने रिलायबल नेपाल लाईफ इन्स्योरेन्स रहेको छ । कम्पनीले असारमसान्तसम्मा १ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, तेस्रोमा भने सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असार मसान्तसम्ममा १ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क आजर्न गर्न सफल भएको छ ।

त्यसैगरी, ज्योति लाइफ इन्स्योरेन्सको १ अर्ब २ करोड रुपैयाँ, आइएमई लाइफको ९१ करोड ५० लाख रुपैयाँ, सन नेपाल लाइफको ८२ करोड ७५ लाख रुपैयाँ, रिलायन्स लाइफको ७५ करोड १७ लाख रुपैयाँ, सानिमा लाईफले ५२ करोड ८० लाख रुपैयाँ, प्रभु लाइफकोे ४७ करोड १४ लाख रुपैयाँ र महालक्ष्मी लाईफले २५ करोड ५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

स्रोत: बीमा कम्पनीहरुले प्रकाशन गरेको चौथौ त्रैमासको वित्तिय विवरण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS