IME Life New

नयाँ जीवन बीमा कम्पनीमध्येका लिडर यूनियन र रिलायबल नेपाल लाइफलाई दाँजेर हेर्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ : यूनियन लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनीहरु हुन्। संचालनमा आएका १० नयाँ जीवन बीमा कम्पनीमध्ये यी दुई बीमा कम्पनीलाई लिडरको परिभाषा दिईदै आएको छ। दुवै जीवन बीमा कम्पनीहरु निकट भविष्यमा आईपिओ निष्काशन गर्ने प्रक्रियामा छन्। दुवै कम्पनीले आर्थिक वर्ष ७६/७७ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलानात्मक अध्ययन :

Esewa
Crest

चुक्ता पूँजीको आधारमा : यूनियन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५० करोड रहेको छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ। दुवै कम्पनीले निकट भविष्यमा आईपिओ मार्फत २ अर्ब पूँजीको लक्ष्य हासिल गर्ने छन्। बीमा समिति अनुसार जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब हुनु पर्छ।

जगेडा कोषको आधारमा : चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यूनियन लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ४३ करोड ८ लाख रुपैया संचित छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ५६ करोड ६५ लाख संचित छ।

 

जीवन बीमा कोषको आधारमा : चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार युनियन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३ अर्ब ३७ करोड हुँदा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ८७ करोड २६ लाख रहेको छ। जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषको निकै महत्व रहेको हुन्छ ।

बीमा शुल्क आर्जन : चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यूनियन लाइफले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म २ अर्ब ४१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ८६ करोड ८९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।

खुद नाफाको आधारमा : चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार दोश्रो त्रैमाससम्म यूनियन लाइफले ७ करोड ७३ लाख खुद मुनाफा गरेकोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद मुनाफा १३ करोड २५ लाख रुपैया रहेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउनेछ ।

दावी भुक्तानीको आधारमा : चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यूनियन लाइफले ४३ करोड २७ लाख कुल दावी भुक्तानी गरेको छ। त्यस्तै रिलायबल नेपाल लाइफले १३ करोड ८७ लाख कुल दावी भुक्तानी गरेको छ।

दुवै कम्पनीले आजसम्म शत प्रतिशत दावी भुक्तानी गरेको छन् । दुवै कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम शुन्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS