IME Life New

नयाँ अध्यक्ष आउनेबित्तिकै धितोपत्र बोर्डका कृष्ण पोख्रेलको राजीनामा, अरु पनि छन् लाइनमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामाठमाडौं । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएको केही समयमै कार्यकारी निर्देशक कृष्णराज पोख्रेलले पदबाट राजीनामा दिएका छन्।

रमेश हमाल गत पुस २० गतेबाट धितोपत्र बोर्डबाट बाहिरिएसँगै अध्यक्षको पद रिक्त थियो। मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सन्तोषनारायण श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको थियो।

Esewa
Crest

नयाँ अध्यक्षको नियुक्तिसँगै पोख्रेलमा निकै छट्पहाट देखिएको धितोपत्रबोर्ड स्रोत बताउँछन्। ‘उनी हमालका निकट थिए, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ’, स्रोतले भन्यो, ‘सोही कारणले उनले राजीनामा दिएको हुन सक्छ।’

अर्का स्रोतका अनुसार भने नेपाल बीमा प्राधिकरणमा रिक्त रहेको अध्यक्ष पद वा नेप्सेमा खाली हुन लागेको सीईओ पदमा भिड्न पोख्रेलले राजीनामा दिएको हुन सक्छ। यद्यपि यी दुवै पदमा भिड्न अहिले नै धितोपत्र बोर्डबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको स्रोतको भनाइ छ। ‘अख्तियारमै परेको मुद्दाको डरले उनले राजीनामा दिएको हुन सक्छ’, स्रोतले भन्यो।

पोख्रेलले भने व्यक्तिगत कारणले आफूले राजीनामा दिनुपरेको धितोपत्र बोर्ड सञ्चालक समितिमा जानकारी गराएका छन्। उनको राजीनामा माघ ७ गतेबाट स्वीकृत हुने धितोपत्र बोर्ड स्रोतले बतायो।

साधारण शेयरको निकाष्सका अनुमति सम्बन्धि नियमावली संशोधन, २ वर्षमा आइपिओ ल्याउन मिल्ने ,  नेटवर्थ गणना सम्बन्धी व्यवस्थालगायतमा पोख्रेलको पनि संलग्न देखिएकोले अख्तियारमा उजुरी परेको थियो। सोही कारणले पनि पोख्रेलले राजीनामा दिएको हुन सक्ने धितोपत्र बोर्ड स्रोत बताउँछ। यो मुद्दामा कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे र उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरीको पनि नाम जोडिएको छ।

अब अख्तियारकै डरका कारण धितोपत्र बोर्डका केही उच्च पदस्थ कर्मचारीले राजीनामा दिन सक्ने स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS