IME Life New

नमस्ते पे को बम्पर अफरः ल्यापटप र स्कुटर जित्ने अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । नमस्ते पे ले नयाँ तथा विद्यमान दुवै ग्राहकहरुलहरूका लागि विभिन्न अफर र क्यासब्याकको साथ नयाँ अभियान सुरु गरेको छ । यो अभियान २०८० साल असार ४ गतेदेखि सुरु भएको हो।

यस अभियान अन्तर्गत बम्पर अफरको रूपमा, दुई भाग्यशाली विजेताहरूले ल्यापटप र स्कुटर जित्ने मौका पाउनेछन्। अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले कुनै पनि सेवाहरूको न्यूनतम दुई कारोबार पूरा गर्न आवश्यक छ। साप्ताहिक अफरहरू जस्तै स्मार्ट वाच, ट्राभल प्याकेज र र उडान टिकटमा १०० प्रतिशत क्यासब्याकको लागि योग्य हुन प्रयोगकर्ताहरूले कम्तिमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्न आवश्यक छ।

Esewa
Crest

त्यसैगरी, दैनिक अफरहरू जस्तै ५०० रुपैयाँ वालेट ब्यालेन्स, ज्ञजिबी डाटा प्याक र १०० रुपैयाँ क्यासब्याक विशेष गरी नमस्ते पे का नयाँ प्रयोगकर्ताहरूका लागि हुन्। यस अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले नमस्ते पे एप डाउनलोड र दर्ता का साथै केवाइसी प्रमाणित गर्नुपर्ने छ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS