IME Life New

नबिल बैंकले संचालन गर्यो एसएमई ग्राहकहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले साना तथा मझौला ऋणीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धि सम्बन्धि तालिमको आयोजना गरेको छ। बैंकले प्रदेश एक स्थित आफ्नो शाखा कार्यलय अन्तर्गतका साना तथा मझौला ऋणीको लागि कार्यक्रम आयोजना गरेको हो।

आफ्ना साना तथा मझौला ऋणी ग्राहकलाई क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गर्ने उदेश्यले उक्त तालिमको आयोजना गरेको बैंकले जनाएको छ।

Esewa
Crest

यस क्षेत्रमा दखल राख्ने व्यक्ति सुमन शाक्यलाई प्रशिक्षकको रुपमा आमन्त्रित गरि उक्त तालिमको आयोजना गरेको हो। इटहरीमा आयोजना भएको उक्त कार्यक्रममा ४० साना तथा मझौला व्यवसायीको उपस्थिति रहेको थियो।

तालिममा सहभागी साना तथा मझौला ब्यवसायीहरुले यस प्रकारको तालिमले व्यवसाय संचालन गर्नलाई थप मद्दत मिलेको प्रतिकृया दिएका छन्।

नबिल बैंकले आफनो एसएमई ग्राहकवर्गहरुको व्यवसायको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश एवं बिस्तार सम्बन्धमा यस किसिमको तालिम आयोजना गर्दै आएको नबिल बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त विभागका प्रमूख निरज कूमार बस्नेतले बताए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS