IME Life New

नबिल बैंकले पायो ३ अर्बको ऋणपत्र बिक्री गर्ने अनुमति, लगानीकर्तालाई ९% ब्याज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नबिल बैंकलाई ‘नबिल डिबेन्चर २०८७’ नाम ऋणपत्र निष्कासन गर्न आइतबार (मंसिर १० गते) अनुमति दिएको हो। अब नबिल बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ।

Esewa
Crest

बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्ति तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

नबिल बैंकको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।

नबिल बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS