IME Life New

नबिल बैंकद्धारा दिगोपन प्रवद्र्धन गर्न बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले काठमाडौंको बौद्ध स्तुपाका पुराना लुङ्गटा लाई विस्थापन गर्दै वातावरण मैत्री लुङ्गटाको शुरुवात गरेको छ । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन् गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा नबिल बैंकले वातावरण मैत्री लुङ्गटा लगाउँदै वातावरण सम्बन्धी सचेतनामुलक तथा सन्देशमुलक कार्यक्रम सम्पन्न गरेको हो ।

हरित उद्यमको क्षेत्रमा काम गर्दै आएकी आङ डोल्मा शेर्पाले नबिल बैंकबाट ऋणको सहयोगमा शुरु गरेकोे वातावरणमैत्री लुङ्गटा उत्पादनलाई प्रोत्साहन गर्ने र विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपालाई वातावरणमैत्री सामग्रीको प्रयोगबाट स्वच्छ बनाउँने उदेश्यले यो कार्यको आरम्भ गरिएको हो ।

Esewa
Crest

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसँद पौडेल, प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, विश्व वन्यजन्तु कोष नेपँलका देश प्रतिनिधि डा. घन श्याम गुरुङ, सामाजिक अभिन्ता तथा गायिका आनि छोइङ डोल्मा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा तथा वातावरणको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा सरोकारवालाको उपस्थितिमा गरिएको सो कार्यक्रममा सहभागिहरुले यो अभियानलाई व्यापक बनाउनु पर्नेमा जोड दिएका थिए । सो अवसरमा उपस्थित् अतिथिहरुले वातावरणमैत्री मैत्री लुङ्गटा मा हस्ताक्षर गर्दै नेपालमै उत्पादन भएको वातावरणमैत्री सामान प्रयोग गर्ने यो अभियानप्रति ऐक्यबद्धता जनाएका थिए ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणको क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको छ । बैंकले नियमित बैंकिङ गतिविधि अन्तर्गत पनि दीगो विकासलाई सहयोग पुग्ने कार्य गर्दै आएको छ । यसै वर्ष देखि शुरु गरेको नबिल दीगो बैंकिङ अन्तर्गत हरित उद्यम, कृषि, नविकरणीय उर्जाको क्षेत्रमा लगानी गर्ने र यस्ता उद्यमलाई प्रोत्साहन समेत गर्दै आएकोछ । विभिन्न अध्ययनहरुले देखाए अनुसार नेपाल जलवायु परिवर्तनको जोखिममा विश्वकै चौथौ स्थानमा पर्छ ।

बढ्दै गएको जलवायु परिवर्तनको असरले विपद्को प्रभाव समेत बढाउँने हुदा वतावरण संरक्षणप्रति सबै सचेत र सजग हुनु पर्छ भन्ने मान्यताका आधारमा नबिलले यस किसिमका अभियानलाई अघि बढाएको छ । विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपामा दीगोपना भएका सामग्रीको प्रयोगलाई प्रबद्र्धन गर्न शुरु गरिएको यो अभियानलाई बैंकले आगामी दिनमा पनि निरन्तरता दिने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS