IME Life New

नबिल बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा केन्द्रिय कार्यालय, दरवारमार्ग, काठमाडौंमा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो।

सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश ३३ दशमलव ६० वोनश शेयर र ४ दशमलव ४० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

Esewa
Crest

आर्थिक वर्ष २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ। बैंकले प्रतिफल १५ दशमलव १९ प्रतिशत र प्रति शेयर आम्दानी रु। ३३ दशमलव ५७ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु।२ खर्ब ९१ अर्ब पुर्याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनश शेयर पश्चात बैंकको पुँजी रु। १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौडेलले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएकोमा समस्त नबिल परिवार गौरवान्वित रहेको र देशको ठूलोसँगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा बैंक केन्द्रित रहेको एवं संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई बैंकले उच्च प्राथमिकतामा राखेको जानकारी गराए।

त्यसैगरी उक्त सभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ का लागि उदयकृष्ण उपाध्याय र एनबी इन्टरनेशनल लाई प्रतिनिधित्व गर्दै उपेन्द्रप्रसाद पौडेललाई निर्बिरोध निर्वाचित गरेको थियो।

साथै, आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं वैठकले संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्रप्रसाद पौडेललाई चयन गरेको छ। पौडेल ०७४ मंसिर १५ देखि बैंक संचालक समिति एनबी इन्टरेनशनललाई प्रतिनिधित्व गर्दै आएकोमा आजै सम्पन्न साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा एनबी ९इन्टरेनशनल०लाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएका हुन्। बैंकले स्थापनाकालदेखि हालसम्म रू।१६ अर्बभन्दा बढी रकम देशको राजश्वमा योगदान गरिसकेको छ।

विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ। नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु सँगसँगै अघि बढ्ने विश्वास राखेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS