IME Life New

नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारीमा बढुवा भए ज्ञवाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडले नायब प्रमुख कार्यकारी मनोज कुमार ज्ञवालीलाइ वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा बढुवा गर्ने निर्णय गरेको हो।

ज्ञवाली यसअघि नायब प्रमुख कार्यकारी अधिकृत पदमा थिए । ज्ञवालीसँगै अब नबिल बैंकमा दुई जना वरिष्ठ नायब प्रमुख कार्यकारी हुने भएका छन् । यसअघि नै सुजित कुमार शाक्य बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए । ज्ञवालीको बढुवासँगै अब बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा भुपेन्द्र पाण्डे मात्र रहेका छन् ।

Esewa
Crest

ज्योती विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर बाहिरिए पछि शुरूमा ज्ञवालीले नायब महाप्रबन्धक पदमा नबिल बैंकमा नियुक्ति लिएका थिए। २०७७ साल साउन २१ गते नबिल बैंकमा जागिर शुरू गरेका उनले शुरूवातमा चिफ फाइनान्स अफिसरको जिम्मेवारी पाएका थिए। नायब महाप्रबन्धक पदमा नियुक्त भएको करिब १४ महिना पछि २०७८ कात्तिक १ गतेदेखि उनी नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका थिए ।

चार्टर्ड अकाउण्टेण्ट ज्ञवाली नेपालको बैंकिङ, वित्तीय तथा आर्थिक नीतिको सम्बन्धमा सार्वजनिकरूपमा नै स्पष्ट दृष्टीकोण व्यक्त गर्न रूची राख्छन् । उनीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक  ,ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंक सहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २ दशक काम गरेको अनुभव रहेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

0%
sad

दु :खी

29%
amazed

अचम्मित

29%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS