IME Life New

नबिल बैंकको एजीएम मितिमा परिमार्जन, एक दिनअघि नै बोलायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले वार्षिक साधारणसभा (एजीएम) मिति परिमार्जन गरेको छ।

यसअघि बसेको बैंक सञ्चालक समितिको बैठकले ३९ औँ वार्षिक साधारणसभा आउँदो पुस १३ गते आयोजना गर्ने निर्णय गरेको थियो। अहिले पुनः मिति परिवर्तन गर्दै एक दिनअघि नै पुस १२ गते साधारणसभा आयोजना गर्ने निर्णय बैंकले गरेको छ। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०७९÷८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल ११ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। सभाबाट पारित भएपछि नगद लाभांश शेयरधनीहरुले पाउनेछन् ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब मंसिर २९ गतेअघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS