IME Life New

नबिल इन्भेष्टमेण्ट बैंकिङले संचालनमा ल्यायो मिश्रित लगानी व्यवस्थापन सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिलिमिटेडले २०७९ भाद्र महिना देखि लागु हुने गरी शेयर बजारमा प्रवेश गर्न चाहना तर लगानी सम्बन्धि उचित जानकारी नभएका कारणले लगानी गर्न असमर्थ लगानीकर्ताहरुलाई लक्षित गरी मिश्रित लगानी व्यवस्थापन सेवा संचालनमा ल्याएको छ । लगानीका बिभिन्न उपकरणहरु मार्फत लगानी गरिने यो लगानी व्यवस्थापन सेवाबाट लगानीकर्ताहरुले हाल बजारमा देखिएको उतारचढावका कारण व्यहोर्नुपरेको क्षतिलाई केही हदसम्म सन्तुलनमा ल्याउने र भविष्यमा यसरी संतुलित लगानीबाट राम्रो प्रतिफल आर्जन गर्न सक्ने कम्पनीले जनाएको छ ।

सन्तुलित लगानी उच्चतम आम्दानी हुनसक्ने यस व्यवस्थापन सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको रकम लगानीका विभिन्न उपकरणहरु जस्तै म्युचअल फण्ड, बण्ड/डिबेञ्चर, ईक्विटी, आइपीओ एफपीओ शेयर तथा निश्चित प्रतिफल उपकरणहरुमा लगानी गर्ने र भैपरी आउने लगानीका लागि नगदको व्यवस्थापन समेत गर्ने रहेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

यस लगानी व्यवस्थापन सेवाका विशेषताहरुः यसमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुले न्यूनतम २५ लाख रुपैयाँ वा आफुसंग रहेको सोही मुल्य बराबरको शेयर उपलब्ध गराई प्रवेश गर्न सकिनेछ । न्यूनतम लगानी अवधि ५ वर्षको रहेको यो सेवा प्राप्त गरेवापत बार्षिक ०.५ प्रतिशत बार्षिक व्यवस्थापन शुल्क लाग्नेछ भने पहिलो २ वर्षभित्र यो व्यवस्थापन सेवाबाट बाहिरिनु परेमा आफ्नो लगानीको ३ प्रतिशत रकम तिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ भने २ बर्ष पछि बाहिरिनु परेमा यस्तो कुनै प्रकारको शुल्क नतिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ । Discretionary PMS सेवा अन्तर्गत संचालित यो सेवा प्राप्त गरेका लगानीकर्ताहरुले यो सेवाबाट जति धेरै नाफा गरे पनि केवल ५ प्रतिशत पर्फर्मेन्स शुल्क तिरी आफ्नो नाफाको सत्प्रतिशत रकम जुनसुकै बेला पनि झिक्ने सक्ने कम्पनीले जनाएको छ ।

शेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसक्नु भएका लगानीकर्ताहरुलाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त गरी शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको लगानीको उचित व्यवस्थापन गर्ने कार्यलाई लगानी व्यवस्थापन सेवा भनिन्छ । यद्यपी लगानीको व्यवस्थापन केवल शेयर बजारमा प्रवेश गरेर मात्र हुने चाँही होईन । अन्य उपकरणहरुमा लगानी गरेर पनि आफ्नो लगानीको व्यवस्थापन गर्न सकिन्छ ।

विगतका दिनहरुमा यस कम्पनीबाट लगानी व्यवस्थापन सेवा प्राप्त गरेका लगानीकर्ताहरुले राम्रो प्रतिफल प्राप्त गरेको धेरै उदाहरणहरु छन् । समयको अभाव, शेयरबजारमा पहुँच तथा मार्गदर्शन नपाएको कारणले विद्यमान घट्दो बजार जसले दिन प्रतिदिन लगानीको लागि मौका प्रदान गरिरहेकोछ र घट्दो बजारको लगानीबाट नै भविष्यमा राम्रो आम्दानी हुनसक्ने भएकोले यो मिश्रित लगानी व्यवस्थापन सेवा उपलब्ध गराईको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS