IME Life New

नबिलका तीनवटै म्युचुअल फन्डको बढ्यो न्याभ, लगानी पनि बढाउँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको पुस महिना वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल ब्यालेन्स्ड फन्ड–२, नबिल ब्यालेन्स्ड फन्ड–३ र नबिल फ्लेक्सी क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। मंसिरको तुलनामा पुसमा यी ३ वटै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ।

Crest

पुसमा ब्यालेन्स्ड फन्डको न्याभ बढेर १०.३१ रुपैयाँ पुगेको छ। मंसिरमा न्याभ ९.६० रुपैयाँ थियो। यो योजनाको कुल लगानी पनि बढेर पुसमा १ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। मंसिरमा कुल लगानी १ अर्ब २ करोड रुपैयाँ थियो। गत मंसिरमा ४ करोड ८५ लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले पुसमा भने ३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी गत मंसिरमा ब्यालेन्स्ड फन्ड–३ को ८.८८ रुपैयाँ न्याभ रहेकोमा पुसमा बढेर ९.४३ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि बढेर पुसमा ९५ करोड २४ लाख रुपैयाँ पुगेको छ। मंसिरमा कुल लगानी ८५ करोड २० लाख रुपैयाँ थियो। गत मंसिरमा ३ करोड ३५ लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले पुसमा भने ३ करोड ५८ लाख रुपैयाँ कमाएको छ।

गत मंसिरमा फ्लेक्सी क्याप फन्डको ९.७३ रुपैयाँ न्याभ रहेकोमा पुसमा बढेर १०.३१ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी बढेर पुसमा ३९ करोड ९ लाख रुपैयाँ पुगेको छ। मंसिरमा कुल लगानी ३६ करोड ६९ लाख रुपैयाँ थियो। गत मंसिरमा ७४ लाख ६३ हजार रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले पुसमा भने २ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS