IME Life New

नगराईन नगरपालिकामा बीमा सम्बन्धी कार्यक्रम सम्पन्न, ‘भारतीय कम्पनीबाट जीवन बीमा गरेकाको विचल्ली’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मधेश प्रदेश अन्तर्गतको धनुषा जिल्लाको नगराईन नगरपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ । प्राधिकरणका निर्देशक दिनेश लाल कर्णको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका मेयर विनय कुमार यादव, उप मेयर राधा देवी यादव, प्रमुख प्रशासकीय अधिकृत राम गुलाम लाल कर्ण, सम्पुर्ण वडाका वडा अध्यक्षहरु, निर्वाचित वडा सदश्यहरु, नगरपालिकाका कर्मचारीहरु, स्वास्थ्य केन्द्रका कर्मचारीहरु, महिला समुह, कृषक समुह, बीमा कम्पनीका कर्मचारीहरु, सर्वसाधारण सहित १३० जना भन्दा धेरैको उपस्थिति थियो ।

निर्देशक कर्णले स्थानीय भाषामै आफ्नो प्रस्तुतिकरण दिनुका साथै उपस्थित सहभागीहरुको गुनासो संबोधन गरेका थिए । यस क्षेत्रका बासिन्दाहरुले स्थानीय भाषा बाहेक अन्य भाषामा खासै प्रयोग गर्दैनन् । नेपाली भाषामा मात्रै कार्यक्रम सञ्चालन गर्दा उनिहरुलाई बुझाउन धेरै गाह्रो पर्ने भएकाले स्थानीय भाषामै आफुले प्रस्तुतिकरण दिएको कर्णले जानकारी दिए ।

Esewa
Crest

सहभागीहरुले कृषि बीमा, स्वास्थ्य बीमा, जीवन बीमा सम्बन्धी प्रश्नहरु गरेका थिए । सहभागीहरुले कार्यक्रममा सरकारले मल उपलब्ध नगराएको भन्दै गुनासो समेत गरेका छन् । उनिहरुले प्राधिकरणलाई मलको उद्योग स्थापना गर्नका लागि पहल गरिदिन समेत अनुरोध गरेका थिए ।

कार्यक्रमलाई संबोधन गर्दै मेयर यादवले बीमालाई कसरी अगाडी बढाउने भन्दै छुट्टै गोष्ठी आयोजना गर्ने जनाएका छन् । गोष्ठी आयोजना गरेर आफ्नो नगरपालिका क्षेत्रका जनतालाई बीमामा आवद्ध गराउने प्रतिवद्धता समेत गरेका छन् । नगराइन नगरपालिकाको आर्थिक अवस्था कमजोर भए पनि बीमाको फाइदाहरुलाई हेर्दा यसका लागि नगरपालिकाले अनुदान दिने उनले प्रतिवद्धता व्यक्त गरे ।

सहभागीहरुले प्राधिकरण समक्ष बीमा अभिकर्ताहरुले जसरी पनि बीमा गराउने र कमिशन खाइहाल्ने तर केहि वर्ष पछि उनिहरु सम्पर्क विहिन हुने गरेको भन्दै गुनासो गरेका छन् । त्यस पछि बीमालेख चलेको छ छैन समेत थाहा नभएको उनिहरुको भनाइ छ । बीमितहरुको यस्तो गुनासो सन्ने वित्तीकै मेयर यादवले प्राधिकरण समक्ष नगरपालिमा बीमा कम्पनीको शाखा खुल्ने व्यवस्था गरिदिन आग्रह समेत गरे । यदि नगरपालिकामै शाखा कार्यालय स्थापना भयो भने कृषि बीमादेखि लिएर बीमाका हरेक सुविधा पाउन सकिने उनको धारणा रहेको छ । प्राधिकरणले बीमा कम्पनीको शाखा कार्यलायको मापदण्ड बनाइरहेको भन्दै निर्देशक कर्णले स्थानीय निकायमा शाखा कार्यालय खोलियो भने मात्रै काठमाडौं उपत्यका भित्र खोल्न पाउने व्यवस्था गर्न थालिएको प्रतिकृयाँ दिएका थिए ।

यस क्षेत्रका बासिन्दाहरु बीमा प्रति धेरै नै जिज्ञासु रहेका तर भाषाका कारण बुझ्न नसकेको पाइएको निर्देशक कर्णले बताए । कतिपय सहभागीरुले भारतीय बीमा कम्पनी एलआइसीबाट बीमा गरिएको तर अहिले बीमा गराउने व्यक्ति नै सम्पर्क विहिन भएको भन्दै अव के गर्न मिल्छ भन्दै जिज्ञासा व्यक्त गरेका थिए । यस क्षेत्रका स्थानीयहरुले जीवन बीमा गरेको भन्दा पनि एलआइसी गरेको भन्ने गरेका छन् । एक सहभागीले भने “केहि वर्ष अगाडी मैले एलआइसी गरेको थिए । तीन चार वर्षसम्म पैसा पनि तिरे तर त्यस पछि एलआइसी गराउने व्यक्ति नै कहाँ गयो कहाँ गयो अत्तोपत्तो छैन ।”

उक्त सहभागीको प्रश्नलाई संबोधन गर्दै निर्देशक कर्णले अव नेपाली बीमा कम्पनीबाट मात्रै बीमा गर्न अनुरोध गरेका थिए । नेपाली बीमा कम्पनीबाट बीमा गराउदा बीमा गराउने व्यक्ति नै हराए पनि कम्पनी यहि हुन्छन् । कम्पनीको शाखा कार्यालयमा गएर भए पनि बीमालाई निरन्तरता दिन सकिन्छ । केहि पर्यो भने पनि सजिलै प्रकृयाँ अगाडी बढान सकिने भन्दै सम्झाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS