IME Life New

नक्कली बीमालेख विक्री गर्ने थुनामा, फरार दुई जनाको नाममा पक्राउ पुर्जी जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नक्कली बैदेशिक रोजगार म्यादी जीवन बीमा योजना बिक्री गर्ने प्राईम लाईफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता प्रकाश रेग्मी, कर्मचारीद्धय संजय केसी र सुदिप खड्कालाई पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको छ । वल्डवाईज म्यान पावर कम्पनीका सञ्चालक दुर्गा बहादुर घिमिरे काठमाडौ जिल्ला अदालतमा दिएको मुद्धाको थुनछेक बहस पछि अदालतले अन्य तीन जनालाई जमानतमा फुकुवा गर्ने आदेश दिएको छ भने फरार दुई जनाको नाममा पक्राउ पुर्जी जारी गर्ने आदेश दिएको छ ।

त्यसैगरी अदालतले वल्र्डवाईज म्यान पावर कम्पनीका कर्मचारी सिंग बहादुर लामालाई २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको ताहाचल कार्यलयका कार्यलय सहायक भोला पोखरेललाई २ लाख र धुव्र रेग्मीलाई २ लाख ५० हजारमा धरौटी फुकवा गर्न आदेश दिएको छ । त्यस्तै, फरार रहेका गिता शर्मा रेग्मी र अमिता दाहालको नाममा पक्राउ पुर्जी जारी गर्न समेत अदालतले आदेश दिएको छ ।

Esewa
Crest

प्राईम लाईफ इन्स्योरेन्सका अभिकर्ता प्रकाश रेग्मी सहित आठ जनाको विरुद्ध ५७५ जनाको व्यक्तिको नाममा नक्कली बीमालेख जारी गरी २२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ । वल्डवाईज कम्पनीका सञ्चालक दुर्गा बहादुर घिमिरे सहितले अदालतमा दिएको उजुरी अनुसारी उनीहरुले वल्डवाईज मेनपावर कम्पनीबाट बैदेशिक रोजगारीमा जाने १४० कामदार बापतको ५ लाख १० हजार रुपैयाँ ठगेको आरोप लगाएका छन् । त्यसैगरी सुवास ह्यूमन रिसोर्सबाट बैदेशिक रोजगारीमा जाने ४३४ जनाको १७ लाख २४ हजार रुपैयाँ ठगी गरेको उनले आरोप लगाएका हुन् ।

श्रीमतीको नामबाट नक्क्ली बीमालेख जारी
जिल्ला अदालतलमा अभियुक्तहरुले दिएको बयानको आधारमा थुनामा राख्ने आदेश दिईएको हो । बयानका आधारमा प्रकाश रेग्मीले वल्र्डवाइज म्यान पावर मार्फत बैदेशिक रोजगारीमा जाने १४० जनाको नामबाट नक्कली विमालेख जारी गरेको स्वीकार गरेको अदालतको आदेशमा उल्लेख छ । उनले कम्पनीका कर्मचारीसँग मिली भाई ध्रुव रेग्मी, पत्नी गीता शमाको अभिकर्ता नम्बर राखी नक्कली बिमालेख बनाएको स्वीकार गरेका हुन् । त्यस्तै, वल्र्डवाईज म्यान पावर कम्पनीका कर्मचारी सिंगबहादुर लामाले रेग्मीसँग केही रकम खाएको समेत स्वीकार गरेका छन् । त्यस्तै कम्पनीका कर्मचारी धुव्र रेग्मीको नामको अभिकर्ता नम्बर २६/२०४६९ बाट नक्कली बीमालेख जारी गरेकोे देखिएको अदालतले ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS