IME Life New

धौलागिरी लघुवित्तले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रवन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशनका लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ । कम्पनीले ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्नको लागि विक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।

उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौ द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

Esewa
Crest

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेड राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी मिती २०७५/११/०१ देखी वित्तीय कारोबार गर्दै आईरहेको यस वित्तीय संस्थाले बि.स. २०७८ पुष मसान्त सम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरि ३४,४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । सोही अबधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानी तर्फ रु. १ अर्ब ४४ करोड, निक्षेप संकलन तर्फ रु. ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी रु.६१ करोड ८० लाख रहेको छ ।

हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भए पश्चात् रु. १० करोड चुक्ता पुजि कायम हुनेछ । हाल जगेडा तथा कोषहरु तर्फ कुल रु.१० करोड ३८ लाख रहेको छ । आर्थिक बर्ष २०७७।०७८ को आषाढ मसान्त सम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा रु.२ करोड ६० लाख रहेकोमा पुष मसान्त सम्मा आईपुग्दा उक्त वितरण योग्य मुनाफा रु.४ करोड ९ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS