IME Life New

धौलागिरी लघुवित्तको शेयर कारोबार फुकुवा, बुधबारबाट किनबेच गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ।

नेप्सेको आजको निर्णयबाट सचेत गराउँदै धौलागिरी लघुवित्तको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो। योसँगै अब यो लघुवित्तको शेयर कारोबार भोलि बुधबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ।

Esewa
Crest

लाभांश घोषणासम्बन्धी सूचना ढिला गरी पठाएको भन्दै नेप्सेकोे गत कात्तिक २४ गतेको निर्णयबाट धौलागिरी लघुवित्तको शेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो।

धौलागिरी लघुवित्तले भने सोमबार (मंसिर ४ गते) नेप्सेलाई पत्र पठाउँदै सर्मर मेलमा समस्या आएका कारण समयमै लाभांश घोषणासम्बन्धी निर्णय पठाउन नसकिएको जानकारी गराएको थियो। यो लघुवित्तले गत कात्तिक २२ गते अपराह्न ४ बजे आर्थिक वर्ष २०७९–८०को लाभांश वितरण गर्ने निर्णय गरेको थियो। यो निर्णयबारे संस्थाले कात्तिक २३ गते बेलुका ६ः५१ बजेमात्रै नेप्सेलाई जानकारी गराएको थियो।

धौलागिरी लघुवित्तले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।

प्रास्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाले पारित गरी शेयरधनीहरुलाई वितरण गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS