IME Life New

धौलागिरी लघुवित्तको तेस्रो वार्षिक साधारण सभा आब्हान, यस्ता छन् प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिक साधारण सभा पुस १० गते गर्ने भएको छ । कम्पनीको मंसिर १८ गते बसेको संचालक समितीको ५९ औं बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभा बिहान ११ बजे शुरु हुनेछ । सभा धौलागिरी सामुदायिक स्रोत बिकास केन्द्रको सभाहल, उपल्लाचौर, बागलुङमा हुने कम्पनीले जनाएको छ । सभामा कम्पनीले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, लेखापरिक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितको वित्तीय बिबरणहरु अनुसुचीहरु समेत छलफल गरी पारित गर्ने प्रस्ताव साधारण सभा समक्ष पेश हुनेछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको बैठक भत्ता, अन्य समितिको बैठक भत्ता र समिति सम्बन्धी अन्य खर्च अनुमोदन गर्नेछ । बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६० तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार यस संस्थाको आर्थिक बर्ष २०७८र०७९ को लेखापरिक्षण कार्यको लागि सोही ऐनको दफा १६५ (घ) बमोजिम लेखापरिक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव साधारण सभा समक्ष पेश गर्ने एजेण्डा रहेको छ ।

सभाले खतिवडा दिपेश एण्ड एसोसियट्स चार्टड एकाउन्टटेन्स्, दिपेश खतिवडा नियुक्तिको लागी ग्राह्य हुने गरी पारित गर्नेछ । संचालक समिती सदस्यको नियुक्ती अनुमोदनको लागी साधारण सभा समक्ष पेश गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले यस वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ को उपदफा (ङ) र (च) संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । प्रबन्धपत्र तथा नियमावलीमा हुने संशोधन स्वीकृत गर्ने तथा उक्त संशोधनमा नियमनकारी निकाय कम्पनी रजिष्ट्ररको कार्यालय, नेपाल राष्ट्र बैंक, कर कार्यालय लगायतले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सोहि अनुरुप आवश्यक संशोधन, थपघट तथा समायोजन गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितीलाई प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS