IME Life New

धितोपत्र बोर्ड वा अर्थमन्त्रालयले पत्र नदिए नेप्से भोलि पनि खुल्ने, पत्र दिन बोर्डमा छलफल हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लि.का कार्यकारी निर्देशक चन्द्र सिंह साउदले आजको बजार कसैले भनेर वा नभनेर खुल्ला नगरिएको प्रष्ट पारेका छन् ।

धितोपत्र बोर्डले आफुखुशीब जार खुल्ला गरेको आरोप लगाइरहेको सन्दर्भमा स्टक एक्सचेन्जका कार्यकारी निर्देशक साउदले इन्स्योरेन्स खवरलाई प्रतिक्रिया दिँदै भने, ‘मैले व्यक्तिगत रुपमा खोलेको होइन, आज विहान बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेर बजार खोलेको हो ।’ उनले कुन कुन अवस्थामा बजार बन्द गर्न सक्ने भन्ने कुरा ऐनमै स्पष्ट भएको र धितोपत्र बोर्ड तथा नेपाल सरकारले कुनै लिखित पत्र नदिएको अवस्थामा आजको बजार खुलेको हा ।

Esewa
Crest

नेप्सेले भोलिबाट भने बजार स्थगन गर्ने सम्बन्धमा धितोपत्र बोर्डसँग सल्लाह भइरहेको बताए । उनले बोर्डबाट मौखिक रुपमा कोरोबार स्थगित गर्न आग्रह गरिएको र साँझसम्म पत्र आउने विश्वास व्यक्त गरे । बोर्डबाट पत्र आउने वित्तिकै कजार बन्द गरिने साउदले बताए ।

साथै साउदले बोर्ड वा सरकारले पत्र नदिए भोलि पनि बजार खुल्ने बताए । उनले कानुन बमोजिम नेप्से खुल्ला भएको जनाउँदै, आगामी दिनमा पनि सोही कानुनकै परिधिभित्र रहेर सञ्चालन हुने बताए । उनले भने, ‘निमनकारी निकाय बोर्ड वा सरकारको आदेश नआई बजार रोकिदैन ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS