IME Life New

धितोपत्र बोर्डको अध्यक्ष छान्न उम्मेदवारहरुको अन्तर्वार्ता आज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न आज मंसिर ९ गते सर्टलिस्टमा परेका उम्मेदवारहरुको अन्तर्वार्ता रहेको छ।

यसअघि स्थगित गरिएको सर्टलिस्टमा परेका उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता आज फेरि लिइने भएको छ।अर्थ मन्त्रालयबाट गठित अध्यक्ष सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनामध्ये यसअघि अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई पुनः अन्तर्वार्तामा डाकेको हो। उनीहरुलाई बिहान ८ बजेट अन्तर्वार्ता दिन अर्थ मन्त्रालयमा डाकिएको छ।

Esewa
Crest

यसअघि अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई असोज १८ गते अन्तर्वार्ताका लागि बोलाइएको थियो। तर, समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी बिरामी परेर उपस्थित हुन नसकेपछि अन्तर्वार्ता रोकिएको थियो।

अर्थ मन्त्रालयबाट गठित समितिले सर्टलिस्टमा परेका धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारी, नेप्सेका सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँलाई फेरि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणका लागि डाकिएको छ।

त्यसअघि तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको नेतृत्वमा गठित सिफारिस मितिले गत वर्ष चैत २५ गते १९ जना उम्मदेवारमध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको थियो। जसमा अधिकारी, कार्की र चापागाइँसहित धितोपत्र बोर्डकै अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ थिए।

समितिले गत असार २ गते ती ५ उम्मेदवारलाई अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि डाकेको थियो। तर, श्रेष्ठद्वयले मात्रै अन्तर्वार्ता दिए भने बाँकी ३ जना अधिकारी, कार्की र चापागाइँ भने उपस्थित भएनन्। उपस्थित नभएका अधिकारी, कार्की र चापागाइँलाई समितिले फेरि असार ५ गते फेरि अन्तर्वार्ताका लागि बोलाएको थियो। तर, उनीहरु गएनन्।

त्यसपछि सिफारिस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको थियो। समितिले यो निर्णयविरुद्ध अन्तर्वार्तामा सहभागी सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दिए। हाल यो मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको छ।

अर्थ मन्त्रालयले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा देखिएको जटिलताका विषयमा महान्यायाधिवक्ताको कार्यालयमा दुईपटक रायसमेत मागेको छ। दुवैपटक महान्यायाधिवक्ताको पुरानै प्रक्रिया अगाडि बढाउन राय दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS