IME Life New

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको हो । सर्वोत्तम सिमेन्टको भित्री कारोबारमा मुछिएका ढुङ्गानालाई मन्त्रिपरिषदको बैठकले केहि समय अगाडि स्पष्टिकरण सोधेको थियो । ढुङ्गानाले चित्त बुझ्दो जवाफ नदिए पछि आज बसेको मन्त्रिपरिषदको बैठकले अन्तत बर्खास्त गरेको हो ।

ढुङ्गानाले आफ्नो छोरीको नाममा बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको गोल्डेन शेयर खरिद गरेका थिए । उनिसँगै शेयर खरिद गरेका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउन र बोर्डकै सञ्चालक चन्द्र ढकालले राजिनामा दिइसकेका छन् । सरकारले ढुङ्गानालाई पनि राजिनामा दिन अनुरोध गर्दै आएको थियो । तर उनले नमाने पछि उनलाई बर्खास्त गरिदिएको हो ।

Esewa
Crest

ढुङ्गानाको विषयमा अर्थमन्त्रालयले यस भन्दा अगाडी नै अनुसन्धान गर्दै आइरहेको थियो । ढुङ्गानाका विषयमा धेरै वटा उजुरी परेपछि अख्तियार अनुसन्धान आयोगमा मन्त्रालयले धेरै अगाडी देखि अनुसन्धान गरेको थियो । उक्त अनुसन्धान पछि ढुङ्गानाको विषय सञ्चार माध्यमले सार्वजनिक गरेका थिए । सञ्चार माध्यममा ढुङ्गाना सहित अन्य पदाधिकारीहरुले पनि शेयर खरिद गरेको कुरा बाहिरिए पछि चौतर्फी विरोध हुँदै आइरहेको छ ।  सर्वोत्तम सिमेन्ट प्रकरण पछि बोर्ड र नेप्से दुबै प्रमुख बिहिन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS