IME Life New

धितोपत्र बजारमा हाइड्रोपावरको शेयर थपिंदा बैंक तथा बीमा कम्पनीको पूँजीकरण हिस्सा खुम्चियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र बजार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा घटेको छ। गत आर्थिक वर्ष २०८०।८१ मा यो क्षेत्रको पूँजीकरण हिस्सा ४.४ प्रतिशतले अर्थात् ६.८९ प्रतिशत बिन्दुले खुम्चिएको हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वित्तीय अवस्थाको विवरण अनुसार गत आवमा धितोपत्र बजारमा बैंक तथा बीमा क्षेत्रको कुल पूँजीकरण हिस्सा ५८.६ प्रतिशत रह्यो । अघिल्लो आव २०७९।८० मा यस्तो हिस्सा ६३ प्रतिशत रहेको थियो। जलविद्युत कम्पनीको पूँजीकरण हिस्सा करिब १.९ प्रतिशत अंकले बढ्दा बैंक वित्तीय संस्थाको हिस्सा खुम्चिएको हो ।

Esewa
Crest

गत आवमा पूँजीकरणको हिस्सा जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत रह्यो। अघिल्लो आवमा यसको पूँजीकरण हिस्सा जम्मा १३.२ प्रतिशत थियो। यसैगरी समिक्षा अवधिमा पूँजीकरणमा लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.४ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.२ प्रतिशत रह्यो।

नेपाल राष्ट्र बैंकका अनुसार २०८०।२०८१ मा स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । यसैगरी ९१ जलविद्युत कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्।  २०७९।२०८० असारमा कुल सूचीकृत कम्पनीको संख्या २५४ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS