IME Life New

धितोपत्र बजारको पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गर्न सिफारिस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजिगत लाभकर बापत पाँच प्रतिशत कर तिरेपछि सो करलाई अन्तिम करको रुपमा गणना गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ । बोर्डका कार्यकारी निर्देशक निरज गिरीले अर्थमन्त्रालयलाई त्यस्तो आग्रह गरिएको बताए ।

बोर्डले आज सूचनामार्फत त्यस्तो सिफारिस गरिएको जनाएको छ । बोर्डद्वारा जारी सुचनामा भनिएको छ, ‘धितोपत्र बजारमा लगानीकर्ताहरुले लामो समयदेखि तिर्दै आएको पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गरिदिने व्यवस्थाका लागि अनुरोध गर्दै आइरहेको र कतिपय कर कार्यालयले उक्त करलाई अन्तिम कर मानी कर चुक्ता प्रमाणपत्र दिने गरेको र कतिपय कर कार्यालयले स्पष्ट व्यवस्थाको अभावमा सो पूँजीगत लाभकरलाई अन्तिम कर निर्धारण गर्ने नगरिएको गुनासाहरु लगानीकर्ताहरुबाट प्राप्त भएकोले उक्त पूँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाई हालसम्मको द्विविधालाई स्पष्ट गरिदिन बोर्डले सम्बन्धित निकायसमक्ष अनुरोध गरेको छ ।’

Esewa
Crest

लगानीकर्ताहरुले लामो समयदेखि माग्दै आएको सो एजेण्डा अब पूरा हुने देखिएको छ । यद्यपि बोर्डको निर्णय नभई कार्यान्वयन गर्ने निकाय अर्थमन्त्रालय मार्फत राजश्व कार्यालयलाई सिफारिस गरेकोले अब अर्थ मन्त्रालयले आन्तरिक राजश्व कार्यालयलाई आवश्यक निर्देशन दिएपछि सोही व्यहोराको परिपत्र विभागले सबै कर कार्यालयमा पठाएपछि कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS