IME Life New

धितोपत्रमा बढ्दो आकर्षण, शेयर बजारमा वर्ष दिनमै थपियो रु. १ खर्ब ३० अर्बको धितोपत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा १६ वटा नयाँ कम्पनीको शेयर सूचीकृत हुँदा १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँबराबरको धितोपत्र थपिएका छन्। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०।८१ मा सर्वाधिक साधारण शेयर सूचीकृत हुँदा सबैभन्दा थोरै फर्दर पब्लिक अफरिङ(एफपिओ) सूचीकृत गरिएको छ।

राष्ट्र बैंकले प्रकाशन गरेको देशको वित्तीय अवस्थासम्बन्धी विवरणका अनुसार धितोपत्र बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गत आर्थिक वर्षमा ८६ अर्ब ८१ करोड रुपैयाँबराबरको साधारण शेयर सूचीकृत भएका छन्। यसैगरी २१ अर्ब ९८ करोड रुपैयाँबराबरको हकप्रद शेयर, २१ अर्ब ६५ करोड रुपैयाँबराबरको बोनस शेयर र ३ करोड रुपैयाँबराबरको एफपीओ सूचीकृत भए।

Esewa
Crest

आर्थिक वर्ष २०७९।८० मा १ खर्ब ७९ अर्ब ८८ करोड रुपैयाँबराबरको साधारण शेयर, १ खर्ब ५ अर्ब बराबरको विकास ऋणपत्र, ४० अर्ब ५९ करोड रुपैयाँबराबरको बोनस शेयर, ३५ अर्ब ५९ करोड रुपैयाँबराबरको डिबेन्चर, ७ अर्ब १४ करोड रुपैयाँबराबरको म्युचुअल फन्ड, ४ अर्ब १३ करोड रुपैयाँबराबरको हकप्रद शेयर र ३ करोड ७९ लाख बराबर रुपैयाँबराबरको एफपिओ गरी कुल ३ खर्ब ७२ अर्ब ३८ करोड रुपैयाँबराबरको धितोपत्र सूचीकृत भएका थिए।

गत आव २०८०।८१ मा बोर्डले १० अर्ब ७५ करोड रुपैयाँबराबरको साधारण शेयर, ७ अर्ब ६५ करोड रुपैयाँबराबरको हकप्रद शेयर, ६ अर्ब २ करोड रुपैयाँबराबरको डिबेन्चर र ४ अर्ब ७० करोड रुपैयाँबराबरको म्युचुअल फन्ड गरी कुल २९ अर्ब १२ करोड रुपैयाँबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको थियो।

अघिल्लो आवमा धितोपत्र बोर्डले २२ अर्ब ३८ करोड रुपैयाँबराबरको साधारण शेयर, १६ अर्ब १५ करोड रुपैयाँबराबरको म्युचुअल फन्ड, १५ अर्ब ९८ करोड रुपैयाँबराबरको हकप्रद शेयर र ११ अर्ब ६० करोड रुपैयाँबराबरको डिबेन्चर गरी कुल ६६ अर्ब ११ करोड रुपैयाँबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको थियो।

सूचीकृत शेयरको चुक्ता मूल्य सवा ८ खर्ब

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८०।८१ सम्ममा सूचीकृत ८ अर्ब ३२ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब २५ अर्ब ५ करोड रुपैयाँ रहेको थियो। अघिल्लो आव २०७९।२०८० सम्ममा सूचीकृत ७ अर्ब ३९ करोड शेयरको चुक्ता मूल्य ७ खर्ब २८ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा थप ८६ अर्ब १० करोड रुपैयाँ चुक्तापुँजी धितोपत्रमा थपिएको हो।

आव २०७९।८० मा बजार पूँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड रुपैयाँ रहेकोमा गत वर्ष ३५ अर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो। २०८० असार मसान्तमा २०९७.१० रहेको नेप्से सूचकांक २०८१ असार मसान्तमा २२४०.४१ कायम रह्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS