IME Life New

धमाधम शाखा प्रबन्धक सम्मेलनको आयोजना गर्दै बीमा कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालू आर्थिक वर्षको व्यवसायीक रणनीति र लक्ष्यबारे छलफल र सुझाव संकलन गर्नको लागी जीवन बीमा कम्पनीहरु धमाधम शाखा प्रबन्धक सम्मेलनको आयोजना गर्दैछन् । गत आर्थिक वर्षको व्यवसायीक चट्टारो सकिन नपाउँदै उच्च व्यवस्थापनले चालू आर्थिक वर्षमा थप उत्साहको साथ व्यवसायीक लक्ष्य पुरा गर्नको लागी आफ्नो सम्पूर्ण शाखा प्रबन्धकहरुलाई प्रेरित गर्ने उद्देश्यले शाखा प्रबन्धक सम्मेलनको आयोजना गर्दै आएका छन् ।

वार्षिकरुपमा आयोजना गरिने शाखा प्रबन्धक सम्मेलनमा वर्षभरमा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा प्रबन्धक तथा बजार विभागका कर्मचारीलाई व्यवसायीक लक्ष्य र प्राप्तीको मूल्यांकनको आधारमा सम्मान तथा पुरस्कार प्रदान गर्ने चलन रहँदै आएको छ ।

Esewa
Crest

गत आर्थिक वर्षको कार्य सम्पादन समिक्षाको लागी नेपाल लाइफ, रिलायन्स लाइफ,रिलायबल लाईफ, महालक्ष्मी लाईफ,प्राइम लाइफ र सानिमा लाईफले शाखा प्रबन्धक सम्मेलनको आयोजना गरिसकेका छन् । यस बाहेक प्रभु लाइफ र नेशनल लाइफले पनि शाखा प्रबन्धक सम्मेलनको आयोजना गर्दैछन् ।

साउन महिनाभित्रै शाखा प्रबन्धक सम्मेलन सम्पन्न गरिसक्नुपर्नेमा अझै केही बीमा कम्पनीहरुको आन्तरिक तयारी पुरा हुन सकेको छैन ।
अर्कोतर्फ कोरोना संक्रमण बढ्दै गएका कारण सबै बीमा कम्पनीहरुले भौतिक उपस्थिति गराएर शाखा प्रबन्धक सम्ममेलनको आयोजना गर्न सक्ने सम्भावना घट्दै जानेछ ।

सम्मेलनको लागी सौराहा छनौटमा
मुलुकको मध्यभागमा पर्ने चितवनको पर्यटकीय स्थल सौराहालाई शाखा प्रबन्धक सम्मेलनको लागी अधिकांश बीमा कम्पनीहरुले छनौटमा पार्ने गरेका छन् । काठमाण्डौं उत्पयकाबाहिर शाखा प्रबन्धक सम्मेलनको आयोजना गर्नुपर्दा पहिलो छनौटमा सौराहा नै पर्ने गरेको छ । मौसमी कारणले हवाई यातायातको भर नहुँदा स्थलमार्गबाट पूर्व मेची देखि पश्चिम महाकालीसम्मको शाखा प्रबन्धक तथा उपशाखा प्रमुखहरुलाई चितवन पुग्न सहज हुने भएकाले सौराहा उपयुक्त विकल्प हुने गरेको प्रमुख कार्यकारी अधिकृतहरुको भनाई छ ।

रेष्टुरेन्टमा मेन्यु पल्टायो,पल्टायो, अन्त्यमा एक प्लेट मःमः अर्कोपाला अन्तै गर्ने भन्यो अन्त्यमा त्यही सौराहा नै छनौटमा पर्छ,एकजना प्रमुख कार्यकारी अधिकृतले सौराहा प्राथमिकतामा पर्नुको कारणबारे खुलाउँदै भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS