IME Life New

धनाढ्यलाई कर छुटकाे लाभ नदिने अमेरिकी राष्ट्रपतिकाे घाेषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । आर्थिक मन्दीकाे मारबाट गुज्रिरहेका अमेरिकी नागरिकलाई राहत दिनका लागी राष्ट्रपति जाेय बाइडेनले प्रगतीशील कर सम्बन्धी नीतिमा पूनर्विचारकाे घाेषणा गरेका छन् । उनले बुधबार ट्वीट गर्दै वार्षिक ४ लाख अमेरिकी डलरभन्दा कम आम्दानी गर्ने करदाताले एकपैसा बढी तिर्नुनपर्ने घाेषणा गरेका हुन् ।

उनले भनेका छन्, ”मेरो आर्थिक योजना अन्तर्गत,  ४ लाख डलर भन्दा कम आम्दानी गर्ने कसैले पनि करमा एक पैसा बढी तिर्ने छैनन्।”

Esewa
Crest

सँगसँगै उनले विभिन्न प्राेत्साहनकाे नाममा राज्यबाट विभिन्न कर छुटकाे लाभ पाइ रहेका धनाढ्यहरुमाथि करकाे भार लादिने स‌ंकेत गरेका छन् ।

उनले भनेका छ्न् ,”अर्बपतिहरू, बहु-करोडपतिहरू, बहुराष्ट्रिय कम्पनीहरू , र ठूलो शेयर खरिदकर्ताहरू भएका व्यवसाय जसले धेरै लामो समयदेखि न्यून कर तिरेका छन् वा तिरेका नै छैनन्, तिनले अब कर तिर्नुपर्नेछ ।”

विश्वव्यापी आर्थिक मन्दीका कारण अमेरिकी अर्थतन्त्र समेत प्रभावित भएकाे छ। खर्च कटाैतीसँगै नाेक्सानी कम गर्नका लागी अमेरिकी बहुर्राष्ट्रिय कम्पनीहरूले दैनिक ठूलाे स‌ंख्यामा राेजगारी कटाैतीकाे घाेषणा गरिरहेका छन् । राेजगारीकाे अवसर गुमाउँदै गएका अमेरिकीहरूसँग खर्च गर्नका लागी सीमित पैसा भएकाले तनाव बढेकाे छ।

आगामी आर्थिक वर्षका लागी अमेरिकी सरकारले ६.९ खर्ब अमेरिकी डलरकाे सार्वजनिक खर्चकाे बजेट ल्याउँदैछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS