IME Life New

धनगढीमा नबिल इन्भेष्टमेण्ट बैंकिङले गर्यो पुँजीबजार सम्बन्धी साक्षरता कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले सूदुर पश्चिम प्रदेशको धनगढीमा पुँजीबजार सम्बन्धी साक्षरता कार्यक्रम गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धि नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिन र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरेको जनाएको छ ।

हालसम्म प्रदेश नम्बर ४ र प्रदेश नम्बर ७ मा संचालन गरिएको यस्तो कार्यक्रम निकट भविष्यमा देशको सातै प्रदेशमा संचालन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा कम्पनीका इन्भेष्टमेन्ट बैंकिङ विभाग प्रमुख बिकाशचन्द्र भण्डारीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाईदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुको बारेमा प्रकाश पारेका थिए ।

Esewa
Crest

स्थापना कालको १२औं वर्ष पुरा गरी १३औं वर्षमा प्रवेश गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

५० लाख भन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २६ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS