IME Life New

दोस्रो त्रैमासमा ३१ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक (तालिकासहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म)मा ३१ अर्ब रुपैयाँ विभिन्न माध्यमबाट आन्तरिक ऋण उठाउने भएको छ।

केन्द्रीय बैंकले आज आन्तरिक ऋण निष्कासन तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो। राष्ट्र बैंकले दोस्रो त्रैमासमा ट्रेजरी बिल १० अर्ब रुपैयाँ र विकास ऋणपत्रबाट २१ अर्ब रुपैयाँ गरी कुल ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ।

Esewa
Crest

पहिलो त्रैमासमा भने राष्ट्र बैंकले ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो। जुन चालु आर्थिक वर्षमा उठाउने लक्ष्य राखिएका आन्तरिक ऋणको ४०.५ प्रतिशत हो।

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। जसअनुसार अब तेस्रो त्रैमास ४७ अर्ब ६९ करोड रुपैयाँ र चौथो त्रैमासमा ६४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाृउने राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ।

m

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS