IME Life New

दोस्रो त्रैमासमा कुमारी बैंकको नाफा घट्दा अन्य वित्तीय सूचक कस्तो देखियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।यस अवधिसम्ममा बैंकले ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २१ दशमलव ७७ प्रतिशतले घटेको हो ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष ९.४८ प्रतिशत घटेको छ। यस अवधिमा बैंकको निक्षेप ९ दशमलव ५९ प्रतिशत र कर्जा १३ दशमलव १० प्रतिशतले बृद्धि भएको छ ।

Esewa
Crest

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ दशमलव ०३ प्रतिशत बढेको छ बैंकको सञ्चालन मुनाफा भने २१ दशमलव ३५ प्रतिशतले घटेको छ। यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १३ करोड ८३ लाख रुपैयाँ रहेको छ।

समिक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ ५३ पैसाबाट घटेर १२ रुपैयाँ ९४ पैसा पुगेको छ। यस अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०।९४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८० पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS