IME Life New

दोश्रो त्रैमासमा लगानीकर्ता मालामाल, कतिले बढ्यो बजार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष ७६/७७ को दोश्रो त्रैमास लगानीकर्तालाई निकै सुखत रह्यो। विगतमा सधै जसो पुष महिनामा बिक्री चाप आउने बजारमा यो वर्ष भने पुष मसान्त लाग्दा बजारले आक्रामक खरिदकर्ता पाएको थियो। २०७६ साल कार्तिक, मंसिर र पुस महिनामा नेप्से परिसूचकमा १२५ दशमलव ६३ अंकको वृद्धि देखियो। यो अवधिमा नेप्से परिसूचकमा ११ दशमलव ०४ प्रतिशतले बढ्यो।

Esewa
Crest

असोज मसान्तमा नेप्से परिसूचक ११३७ दशमलव ७५ को विन्दुमा बन्द भएको थियो भने पुष मसान्तमा भने दोश्रो बजार बढ्दै १२६३ दशमलव ३८ को विन्दुमा बजार बन्द भएको छ। 

उच्च र न्यून विन्दु कहिले ?
यो तीन महिनाको अवधिमा नेप्से परिसूचक मंसिर १० गते सबै भन्दा न्यून विन्दु ११०९ दशमलव १६ को विन्दुमा बजार बन्द भएको थियो भने पुष २८ गते बजार १२७० दशमलव ८६ को उच्च विन्दुमा बन्द भएको थियो।

व्याज दर घटेको समाचार आउनु, धेरै कम्पनीले समयमै नगद लाभांश पाउनु र राज्य प्रति लगानीकर्ता अलिकता सकारात्मक हुँदा बजारले राम्रो गति सामतेको थियो। अब आगामी दिनमा व्याज दर र दोश्रो त्रैमासको वित्तिय प्रतिवेदनले बजारलाई चलाउने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS