IME Life New

दोल्ती पावरको आइपीओ नतिजा यी ३ तरिकाबट हेर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । आइपीओको नतिजा भने केही समयपछि मात्रै हेर्न सकिनेछ । कम्पनीको आइपीओ नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ।

जसअनुसार बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://nicasiacapital.com, सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट  http://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।

Esewa
Crest

क्यापिटलका अनुसार आइपीओमा कुल १३ लाख ८३ हजार ७ सय २४ जनाको आवेदन परेको थियो । जसमध्ये १२ लाख ६८ हजार ९ सय ४६ जना आवेदकको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।माग भन्दा बढीको आवेदन परेको योग्य रहेका आवेदकलाई गोलाप्रथामा सहभागी गराएर आइपीओ बाँडफाँड गरेको जनाएको छ ।

गोलाप्रथा मार्फत १ लाख २७ हजार १ सय ८६ जनाले शेयर पाएका छन् । यीमध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS