IME Life New

दैनिक बढ्दै कोरोना संक्रमण, आजै थपिए ८९५ जना नयाँ संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा केहि दिन यता कोरोना संक्रमण अस्वभाविक रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा देशभर कुल ५ हजार ९०९ नमुना परिक्षण गरिएको थियो । ३ हजार ६८५ जनामा गरिएको आरटी पिसीआर परिक्षणमा ६३२ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी २ हजार २२४ जनामा गरिएको एन्टीजेन परिक्षणमा २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । साथै १ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

Esewa
Crest

सोहि अवधिमा २६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS