IME Life New

दैनिक दुई कप चिया घटाउने हो भने त्यो पैसाले बीमा गर्न पुग्छः सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दैनिक दुई कप चिया घटाउने हो भने त्यो पैसाले बीमा गर्न पुग्ने बताएका छन्।

प्राधिकरणको आयोजनामा आज जनकपुरधाममा मधेश प्रदेश सरकारसँग बीमासम्बन्धी समसामयिक विषयमा छलफल एवं अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बीमा जटिल विषय नभएको भन्दै यस्तो धारणा राखेका हुन्। ‘बीमाका बारेमा सबैले बुझ्नुपर्छ, अनुदानको चलन पुरानो भयो’, उनले भने, ‘अब अनुदानलाई बीमामा रुपान्तरण गर्नु उपयुक्त हुन्छ, जोखिम हेरेर बीमा गर्नुपर्छ, बीमाबाट नै जोखिमको वित्तीय रक्षावरण हुन्छ।’

Esewa
Crest

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिन २ करोड छुट्याएको जानकारी दिए। उनले अन्य प्रदेशमा सुरु गरिएको घर बीमा र दुर्घटना बीमाको प्रभावकारितालाई अध्ययन गरेर त्यसतर्फ अगाडि बढ्ने पनि बताए।

मुख्यमन्त्री सिंहले बीमा गरेपछि बीमा कम्पनीहरु बीमितसँग सम्पर्कमा नरहने गरेको गुनासा आउने गरेको उल्लेख गर्दै बीमा गराउँदा बीमाका सर्तहरुका बारेमा बीमितलाई राम्रोसँग बुझाउनुपर्ने र बीमा सर्भेयर तथा बीमा अभिकर्ताका कामलाई लिएर आउने गरेका गुनासालाई सम्बोधन गर्न प्राधिकरणले अनुगमनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले प्राधिकरणको काम, कर्तव्य र अधिकार, बीमा क्षेत्रको विद्यमान अवस्था, प्रदेश बीमा नीतिको आवश्यकता र बीमाको विकास एवं विस्तारमा प्रदेश सरकारको भूमिकासम्बन्धी प्रस्तुति दिएका थिए। कार्यक्रममा मधेश प्रदेशका मन्त्री, प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश मन्त्रालयका सचिवतथा सहसचिव, विभिन्न निकायका प्रतिनिधि र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरुलगायतको सहभागिता थियो।

कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयकी प्रमुख प्रीति देवले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS