IME Life New

देशको अर्थतन्त्र कसरी पुग्यो डरलाग्दो अवस्थामा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्तिक महिनासम्ममको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थीती सार्वजनिक गरेको छ। तथ्यांकले नेपाली अर्थतन्त्रमा ठूलो समस्या देखिन थालेको छ। विप्रेषण आप्रवाह ७.५ प्रतिशतले घटेको छ। देशको प्रमुख आयश्रोतको रुपमा रहेको  विप्रेषण आप्रवाह (रेमिटेन्स) ले राम्रो लक्षण देखाउन असफल भएको छ।  समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई रु.३१२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

निश्चित समयावधिभित्र आवासीय र गैर-आवासीय व्यक्ति/संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा वाहृय क्षेत्र कारोबारबाट तरलताको प्रवाह र घाटा भएमा प्रशोचन हुन्छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१५० अर्ब ३८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.११० अर्ब ६५ करोडले बचतमा रहेको थियो ।

Esewa
Crest

त्यस्तै कुल विदेशी विनिमय सञ्चिति ११ प्रतिशतले कमी आएको छ। २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.० प्रतिशतले कमी आई २०७८ कात्तिक मसान्तमा रु. १२४४ अर्ब ८५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा १०.९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको छ ।

व्यपार घाटा कम हुने लक्षण देखिएको छैन। वस्तु व्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भएको छ। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०  प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा चालु खाता रु.२२३ अर्ब १९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१९ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोडले घाटामा रहेको छ ।

निक्षेप संकलन सुस्त छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १.३ प्रतिशतले बढेको छ भने बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.९ प्रतिशतले बढेको छ ।

व्याज दर बढ्दो ट्रेन्डमा देखिएको छ। २०७७ कात्तिकमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ०.७९ प्रतिशत रहेकोमा २०७८ कात्तिकमा ४.८१ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ कात्तिकमा ०.१४ प्रतिशत रहेकोमा २०७८ कात्तिकमा ४.९६ प्रतिशत रहेको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७८ कात्तिकमा ४.९६ प्रतिशत रहेको छ । अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर ०.१६ प्रतिशत रहेको थियो ।

वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ कात्तिकमा ७.५७ प्रतिशत रहेकोमा २०७८ कात्तिकमा ७.८२ प्रतिशत कायम भएको छ । २०७८ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.८० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ५.३१ प्रतिशत र ९.५२ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS