IME Life New

देवताल गाउँपालिकासँग बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले गर्यो बीमा अन्तरक्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम मंसिर २८ गते बारा जिल्लाको देवताल गाउँपालिकासंग गाउँ कार्यपालिकाको सभा हलमा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेकी हुन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा देवताल गाउँपालिकाका अध्यक्ष उदय प्रसाद यादव, विशेष अतिथिको रुपमा पालिकाका उपाध्यक्ष सितापती देवी यादव, अतिथिको रुपमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तव र विभिन्न वडाका वडाध्यक्षहरु रहेका थिए ।

Esewa
Crest

उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा विभिन्न वडा वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, पालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, नागरिक समाजका प्रतिनिधिहरु लगायत बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु सहित करिब ७५ जना भन्दा बढीको सहभागिता रहेको थियो।

प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले स्वागत मन्तव्य राख्दै नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय र महत्व, कृषि जडिबुटि तथा पशुपन्छी बीमा, लघु बीमा लगायतका अन्य विषयका बारे आफ्नो प्रस्तुति दिएका थिए ।

प्रस्तुतिकरण पश्वातको छलफल कार्यक्रममा सहभागीहरुले बीमा प्रति नागरिकहरुमा चेतनाको कमी रहेको र बीमकहरु स्थानीय स्तरमा पुगि नागरिकहरुलाई बीमा गर्न सुचित गर्नु पर्ने कुरा व्यक्त गरे ।

कार्यक्रममा जीवन बीमक र निर्जीवन बीमकका प्रतिनिधिहरुले स्थानीय भाषामा समेत बीमा सम्बन्धी जानकारी दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि देवताल गाउँपालिकाका अध्यक्षले यस कार्यक्रमबाट नेपाल बीमा प्राधिकरण र यसको काम कारवाहीको सम्बन्धमा ज्ञान प्राप्त भएको साथै बीमा सम्पत्तिको रुपमा रहने र यसले दिर्घकालमा सहयोग पुर्‍याउने हुँदा सबैलाई आफ्नो, परिवारका सदस्यको र सम्पत्ति एवं कृषि पशुपन्छीको बीमा गर्न अपिल गरे ।

साथै, प्राधिकरण, पालिका र बीमक लगायत सरोकारवालाहरुसंगको सहकार्यमा बीमा साक्षरता अभिवृद्धि गर्नु पर्ने धारणा राखे ।

कार्यक्रमको समापनमा प्राधिकरणको मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले पालिकाले राहत, अनुदान र सहायतालाई बीमा मार्फत परिचालन गर्नु पर्ने र स्थानीय तहले बीमालाई आफ्नो सेवा प्रवाहसंग आवद्ध गर्नु पर्ने कुरा व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS