IME Life New

दुबई मलले बनायो अनौठो रेकर्ड, बन्यो विश्वमै सबैभन्दा धेरैले घुमेको गन्तव्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको दोस्रो ठूलो दुबई मलले अनौठो रेकर्ड बनाएको छ। वर्ष २०२३ मा दुबई मलमा प्रवेश गर्नेको संख्या १० करोड ५० लाख नाघेको छ। जुन अघिल्लो वर्ष २०२२ को तुलनामा १९ प्रतिशतले बढी हो। वर्ष २०२२ मा यो मलमा ८ करोड ८० लाख बढी प्रवेश गरेका थिए। यससँगै दुबई महल विश्वमै सर्वाधिक मानिस पुगेको स्थान बन्न पुगेको छ।

तथ्यांकअनुसार दुबई मलमा चालु वर्ष २०२४ को २ महिनामै २ करोड आगन्तुक भ्रमण गरेका छन्। यो आँकडाले चालु वर्षमा दुबई मलले फेरि नयाँ कीर्तिमान बनाउन सक्ने देखिएको छ।

Esewa
Crest

महत्वपूर्ण उत्सव, अवसर र अन्तर्राष्ट्रिय समारोहले वर्ष २०२३ मा र २०२४ को सुरुआतमा दुबई मल भ्रमणको संख्या उल्लेख्य वृद्धि भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। डिजिटल प्लेटफर्ममा दुबई मलको उपस्थित दह्रो रहेकोले पनि भ्रमण गर्नेहरुको संख्या बर्सेनि बढ्दै गएको पाइन्छ।

दुबई मलको इन्स्टग्राम पेजमा १३ लाख फलोआर्स छन्। दुबई मल बनाउने कम्पनी एमार प्रोपर्जिटका संस्थापक मोहम्मद अलब्बारले यो आँकडाले दुबई मलको प्रभावशाली स्थितिका साथै दुबईको दूरदर्शी नेतृत्व तथा मजबुत अर्थव्यवस्थालाई दर्शाउने दाबी गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS