IME Life New

दुबईमा कार्यरत भारतीय कामदारका लागि ल्याइयो मृत्यु लाभ बीमा योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुबईमा रहेको भारतीय वाणिज्य दूतावासले अरब दिराम ३७ देखि ७२ सम्मको वार्षिक बीमाशुल्कमै भारतीय कामदारका लागि नयाँ मृत्यु बीमा सुरक्षा योजनाको घोषणा गरेको छ। वाणिज्य दूतावासले विज्ञप्ती जारी गर्दै दुई बीमा कम्पनीसँगको सहकार्यमार्फत् यस्तो मृत्यु लाभ बीमा योजना ल्याइएको घोषणा गरेको हो ।

प्रेस विज्ञप्तीमा उल्लेख गरिए अुनसार मृतक भारतीय श्रमिकको परिवारलाई ३५ हजार अरब दिरामदेखि ७५ हजार दिरामसम्म क्षतिपूर्ति दिने बताएको छ। गरगस बीमा सेवा र ओरिएण्ट इन्स्योरेन्सद्वारा प्रदान गरिएको  “प्राकृतिक वा दुर्घटना” मृत्यु बीमाका लागि १८ देखि ७० वर्ष उमेर समूहका भारतीय कामदार योग्य हुनेछन् ।

Esewa
Crest

यसमा युएईको रोजगार भिसा भएका कामदारका लागि २४ घण्टा सम्पूर्ण बीमा सुरक्षा, दुर्घटनाका कारण स्थायी पूर्ण वा आंशिक असक्षमता, शव ढुवानी खर्च – प्रति व्यक्ति १२ हजार अरब दिराम क्षतिपूर्ती समावेश गरिएका छन् । भारतीय वाणिज्य दूतावासले दुबईमा कार्यरत भारतीय कामदारहरुको हकमा रोजगारीको शिलशिलामा दुर्घटना वा कालगतीबाट मृत्यु भएको अवस्थामा जोखिम बहन गर्ने बीमा सुरक्षाको अभाव रहेको पहिचान गरेपछि यस्तो बीमा योजना घोषणा गरिएको हो।

एक वर्षमा कामदारको ठूलो संख्यामा प्राकृतिक मृत्युका घटनालाई ध्यानमा राख्दै र मृतकको परिवारलाई केही आर्थिक लाभ प्रदान गर्न, दुबईको भारतीय महावाणिज्य दूतावासले सबै कम्पनीलाई जीवन बीमा सुरक्षा लिनेतर्फ विचार गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS