IME Life New

दुई विद्यालयमा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ‘ग्लोबल मनी विक २०२४’को अवसरमा कृषि विकास बैंकको लुम्बिनी प्रदेश कार्यालयले दाङको घोराहीस्थित ज्ञानसिन्धु माध्यमिक विद्यालय र तुल्सीपुरको ज्ञानज्योति माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन मुख्य विषय लिई अध्ययनरत १९६ जना विद्यार्थीलाई बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठले वित्तीय साक्षरता सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा ग्लोबल मनी विक, बैंकको विकासक्रम, बचत गर्ने बानी, बचतको महत्त्व, यसले पार्ने सकारात्मक प्रभावका बारेमा जानकारी दिइएको थियो ।

Esewa
Crest

साथै कार्यक्रममा बैंकले उपलब्ध गराउने कर्जाका प्रकार र कृषि विकास बैंकले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिम, विभिन्न डिजिटल प्रडक्ट र त्यसको उपयोगिताका अतिरिक्त वित्तीय अनुशासनका बारेमा पनि विद्यार्थीलाई जानकारी दिइएको थियो ।

कार्यक्रममा प्रदेश कार्यालयका निर्देशक राजेन्द्र रानाभाटका साथै बैंकका विभिन्न शाखा प्रबन्धक, कर्मचारी र विद्यालयका अध्यापक तथा कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS