IME Life New

दुई लघुवित्तको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

आशा लघुवित्त र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको १ लाख ४७ हजार ६३१ कित्ता शेयर बिक्रीमा राखिएको हो। जसमा आशा लघुवित्तको ८७ हजार १४ कित्ता र सूर्योदय लघुवित्तको ६० हजार ६१७ कित्ता शेयर रहेको छ।

Esewa
Crest

यी दुवै लघुवित्तको शेयर खरिदका लागि हाललाई संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन दिन दुवै संस्थाले ३५ दिनको अवधि दिएका छन्।

आशा लघुवित्तको शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीहरुले संस्थाको काभ्रे बनेपास्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्। सूर्योदय वोमी लघुवित्तको शेयर खरिदका लागि भने संस्थाको ललितपुर महालक्ष्मीस्थित कर्पोरेट कार्यालय र काठमाण्डौ नक्सालस्थित कुमारी क्यापिटलमा आवेदन दिन सकिनेछ।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिने दुवै संस्थाले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS