IME Life New

दुई महिनामा बैंकहरुबाट थप रु. ९.६७ अर्ब शेयर लोन प्रवाह, कुन रेन्जको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्म बैंकहरुबाट थप ९ अर्ब ६७ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौसम्म बैंकहरुबाट ९९ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले चालु आर्थिक वर्षको २ महिनामा बैंकहरुबाट थप ९ अर्ब ६७ करोड २० लाख रुपैयाँ शेयर धितो कर्जा भएको छ। असारको तुलनामा भदौमा १०.७ प्रतिशतले शेयर धितो कर्जा बढेको छ।

Esewa
Crest

भदौसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ६५ अर्ब ९३ करोड १४ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग १७.९ प्रतिशतले बढेको छ।

यसैगरी भदौसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १३ अर्ब ९८ करोड ९० लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब २ करोड ५४ लाख रुपैयाँ गएको छ। असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।

भदौसम्म ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा ३.२ प्रतिशतले बढेको छ भने २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा ३ प्रतिशत र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ३.९ प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS