IME Life New

दुई महिनामा जीवन बीमा कम्पनीले संकलन गरे २८ अर्ब १५ करोड बीमा शुल्क (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा १९ जीवन बीमा कम्पनीहरुले २८ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । साउनको तुलनामा भदौमा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन ५ अर्ब ५ करोड रुपैयाँले घटेको छ ।

भदौ महिनामा मात्रै कम्पनीहरुले ११ अर्ब ५५ करोड रुपैयाँ आर्जन गरेका छन् । जवकी साउन महिनामा मात्रै १६ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेका थिए । बीमा समितिले गत असार मसान्तमा उदारो बीमा पोलिसी बिक्री नगर्न निर्देशन दिएको थियो । यसका साथै बीमा कम्पनीहरुलाई असार ३१ नै खाता बन्द गर्न निर्देशन दिदा कतिपय पोलिसी असार ३१ गते काट्न भ्याएका थिएनन् । असार ३१ गते पोलिसी काट्न नभएकालाई साउनमा जारी गर्दा साउनमा धेरै देखिएको थियो ।

Esewa
Crest

चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले ७ अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । भदौ महिनामा मात्रै भने २ अर्ब ८७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

निजामति कर्मचारीको जीवन बीमाको प्रिमियमका कारण राष्ट्रिय बीमा संस्थाले दुई महिनामै ४ अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । तर भदौ महिनामा मात्रै भने संस्थानको बीमा शुल्क आर्जन ६० करोड रुपैयाँ मात्रै छ ।

तेस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल रहेको छ । एलआईसीले भदौ महिनामा मात्रै २ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ तर दुई महिनाको भने तीन अर्ब ३६ करोड रुपैयाँ छ । चौथो नम्बरमा नेशनल लाइफले २ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बीमा शुल्क आर्जनका हिसावले युनियन लाइफ पाँचौ नम्बरमा रहेको छ । युनियनले एक अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तर भदौ महिनामा मात्रै हेर्ने हो भने एक अर्ब ३५ करोड रुपैयाँ छ ।

बाँकी कम्पनीहरु क्रमश एशियन लाइफ एक अर्ब ५ करोड, सिटिजन लाइफ ९६ करोड, मेट लाइफ ९३ करोड, सूर्या लाइफ ८३ करोड, प्राइम लाइफ ७८ करोड, रिलायबल नेपाल लाइफ ६६ करोड रुपैयाँ, गुराँस लाइफ ६४ करोड, सन नेपाल लाइफ ६० करोड, आइएमई लाइफ ५९ करोड, ज्योति लाइफ ५५ करोड, रिलायन्स लाइफ ५१ करोड, प्रभु लाइफ ४५ करोड, सानिमा लाइफ ३२ करोड र महालक्ष्मी लाइफले २० करोड रुपैयाँ आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS