IME Life New

दुई फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
यी दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने भएसँगै पुस २१ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ७ दशमलव ७० प्रतिशत बोनश शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

Esewa
Crest

त्यसैगरी गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनश शेयर र शून्य ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते गुहेश्वरी भवन हरिहरभवन, ललितपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS