IME Life New

दुई कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज जोशी हाइड्रोपावर कम्पनी र महालक्ष्मी विकास बैंकको साधारण सभा हुँदैछ । जोशी हाइड्रोपावरले तीन आर्थिक वर्षको वार्षिक साधारण आज माघ ३ गते गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को सभा बोलाएको हो । कम्पनीको पुस ११ गते बसेको सञ्चाक समितिको बैठकले सभा ल्याण्डमार्क हल, दरबारमार्ग काठमाडौंमा बिहान ११ः३० बजे शुरु गर्ने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यसैगरी, सभाले संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको नियुक्ति गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिन बुक क्लोज गरेको थियो । पुस २० गतेसम्म कायम शेयरधनीले मात्र उक्त सभामा भाग लिन सक्नेछन् ।

त्यस्तै, महालक्ष्मी विकास बैंकको स्थगित साधारण सभा आज सोमवार हुँदैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय अन्नपूर्ण आर्केड २ दरबारमार्ग, काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी दिएको छ ।

यसभन्दा अगाडि पुस २५ गते हुने भनिएको उक्त सभा गणपुरक संख्या नपुगेकाले स्थगित भएको थियो । पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोनाका कारण सभा भर्चुअल माध्यमबाट हुने जानकारी गराएको छ ।

सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

संस्थापक समूह ‘क’ र सर्वसाधारण समूह ‘ख’ को सञ्चालक पदको निर्वाचनको विषमा सम्मानित उच्च अदालत पाटनमा रिट निवेदन परी उक्त अदालतबाट निर्वाचन कार्यक्रमको बाँकी कारबाही नगर्न भनी पुस २३ गते अल्पकालिन अन्तरिम आदेश भएकोले निर्वाचन कार्यक्रम सम्बन्धी विषय प्रस्तुत सभामा छलफल नहुने र यस बारेमा सम्मानित अदालतबाट पछि हुने आदेशअनुासर हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS